9Shares

पोखरा भ्यूज । नेपाल टेलिकमले एसईईका विद्यार्थीका लागि एसईई अफरसहितको निःशुल्क सिम (एसईई स्टुडेन्टसीम) उपलब्ध गराउने भएको उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयबाट निःशुल्क उपलब्ध हुनेछ विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम भने सोही सिममा यी अफर उपलब्ध गराउने जनाएको 

टेलिकमका अनुसार नयाँ सिम प्राप्त गर्न विद्यार्थीले प्रवेश पत्र वा मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ सिमलिइसकेपछि स्टुडेन्ट रजिष्ट्रसन प्याक प्राप्त गर्न नयाँ मोबाइल नम्बरबाट *1600# मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर जन्म मिति (विक्रम सम्वत) उल्लेख गर्नुपर्दछ

उक्त स्टुडेन्ट रजिष्ट्रेशन प्याकबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने यस अनुसार ३० दिनसम्म हजार एमबी डाटा, ३०० मिनेट टकटाइम ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ

यो अफर भएको नयाँ सिममा बोनस अन रिचार्ज प्यासमेत उपलब्ध गराइएको यस प्याकमा रु. ५० वा सो भन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ

विद्यार्थीले पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा स्टुडेन्ट रजिष्ट्रेशन प्याक उपयोग गर्न लागि प्रयोग गरिरहेको मोबाइलबाट *1600# मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर जन्ममिति उल्लेख गर्नुपर्छ त्यसपछि नेपाल टेलिकमले प्राप्त सूचनाका आधारमा उक्त सिमलाई विद्यार्थी सिमका रुपमा रजिष्टर गर्दछ स्टुडेन्ट रजिष्ट्रेशन प्याक अनुसारका सुविधा प्राप्त गर्न सकिनेछ

नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने . रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन्  यो बाहेक ४० मिनेट टक टाइम २० वटा एसएमएससहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन्

त्यसैगरी सोही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिनेछ हाललाई यो अफर तीन महिनासम्म उपलब्धहुने टेलिकमले जनाएको 

9Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected