
पोखरा भ्यूज । लियो डिष्ट्रिक्ट काउन्सिल ३२५ आई नेपालको पिभिएसटी स्कुलिङ प्रोग्राम सम्पन्न भएको छ ।
शनिवार फिस्टेल एकेडेमी पोखरामा सम्पन्न कार्यक्रममा गण्डकी र धवलागिरी क्षेत्रका १७ लियो क्लबका ८० जना सहभागीहरुको उपस्थिति रहेको लियो डिष्ट्रिक्ट टेमर संकल्प बसेलले जानकारी दिए ।
डिस्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, क्याविनेट सेक्रेटरी हरिराज पन्तले लियो क्लबका बोर्ड सदस्यहरुलाई आफ्नो काम कर्तव्य अधिकार र जिम्मेवारीको विषयमा प्रशिक्षण दिएका थिए।
लियो भाईस डिष्ट्रिक्ट प्रेसीडेन्ट राजन बाबु ढुङगानाको अध्यक्षतामा सम्पन्न स्कुलिङ कार्यक्रममा लियो डिष्ट्रिक्ट प्रेसिडेन्ट सुवास लामिछाने, पूर्व मल्टीपल काउन्सिल प्रेसीडेन्ट आदर्शमोहन भट्टराई, पूर्व डिष्ट्रिक्ट प्रेसिडेन्ट विनायक पौडेल र हरिहर पराजुलीले सहजिकरण गरेका थिए । कार्यक्रम प्रभावकारी रहेको र सफलता पूर्वक सम्पन्न भएको कार्यक्रम संयोजक डिष्ट्रिक्ट भाईस प्रेसीडेन्ट राजन बाबु ढुङगानाले जानकारी दिए ।






सम्बन्धित खवर















