
पोखरा भ्यूज
पोखरा । लायन्स क्लब अफ पोखरा प्याराडाईज र पोखरा गुडविलको पदस्थापन तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर राम बसेलले दुईवटा क्लबका अध्यक्ष एवं पदाधिकारीलाई पदस्थापन गराएका थिए । सो अवसर डिष्ट्रिक्ट गभर्नर बसेलले पोखरा प्याराडाईजको स्पोन्सरमा गठित नयाँ क्लब पोखरा स्टार ग्लोरीको उद्घाटन गरेका थिए । स्टार ग्लोरीमा सविता पाण्डे संस्थापक अध्यक्ष रहेकी छन ।
कार्यक्रममा लायन बर्ष २०२१/२२ का पोखरा प्याराडाईजका अध्यक्ष तारानाथ ढुङगानाले २०२२/२३ अध्यक्ष अरुण खनाललाई र पोखरा गुडविलका लायन बर्ष २०२१/२२ अध्यक्ष भिमप्रसाद पौडेलले २०२२/२३ का अध्यक्ष सन्तोष भण्डारीलाई पदभार हस्तान्तरण गरेका थिए ।
पदस्थापित अध्यक्ष अरुण खनाल र सन्तोष भण्डारीले आफ़नो कार्यकालमा आफूले गर्ने कामको बारे जानकारी गराएका थिए भने पोखरा प्याराडाईजका २०२१/२२ अध्यक्ष तारानाथ ढुङगाना र पोखरा गुडविलका अध्यक्ष भिमप्रसाद पौडेलले आफ़ना कार्यकालमा भए गरेका कार्यहरूबारे प्रस्तुती सहित क्लबमा उत्कृष्ट कार्यगर्ने लायन्स सदस्यलाई अवार्ड समेत गरेका थिए ।
पोखरा प्याराडाईजका अध्यक्ष तारानाथ ढुङगानाले पहिलो सत्र र अरुण खनालले दोस्रो सत्रको अध्यक्षता गरेको कार्यक्रममा प्रथम र द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नरद्वय चन्द्रकुमार केसी र बिनोद ढुङगाना, क्याविनेट सेक्रेटरी हरिराज पन्त, प्याराडाईजका संस्थापक अध्यक्ष बिष्णु ढुङगाना, पोखरा गुडविलका संस्थापक अध्यक्ष अमृतप्रसाद तिवारी, प्याराडाईजका सचिव गोविन्द केसी लगाएतले शुभकामना मन्तव्य सहित आफ़ना भनाई राखेका थिए ।अधिकांश वक्ताहरुले लायन्सले सामाजिक क्षेत्रमा गरेको कार्य उल्लेख्य रहेको बताएका थिए ।







सम्बन्धित खवर
















