9Shares

पोखरा भ्यूज
पोखरा । इशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ५९ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक एवं समाजका सहसचिव प्रल्हाद चन्द्र घिमिरेले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि एवं समाजका संस्थापक अध्यक्ष ऋषिकेशव सुवेदीले समाजका सदस्यहरुको हितका लागि काम गर्दै आएको समाजले रक्तदान कार्यक्रमको आयोजना गरि मानविय सेवाको काममा उल्लेखनिय काम गरेको बताए ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा गण्डकी विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका बैज्ञानिक डा.निरञ्जन कोइरालाले रक्तदानको महत्वको बारेमा प्रकाश पारे ।
कार्यक्रममा नियमित रक्तदान गर्दै आउनुभएका कमल राज पन्तले ५१ औं पटक रक्तदान गरेका छन ।
समाजका अध्यक्ष बलराम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव निर्मल सोती, स्वागत कार्यक्रम संयोजक पल्हाद चन्द्र घिमिरे र धन्यवाद ज्ञापन समाजका प्रथम उपाध्यक्ष प्रकाश चन्द्र घिमिरेले धन्यवाद ज्ञापन गरेका ।

9Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected