प्राविधिक शिक्षा जिवनोपयोगी शिक्षाः शिक्षालय प्रमुखहरू

पोखरा भ्यूज । करिव दुई साता अघि मात्र एसईईको परिणाम सार्वजनिक भएको छ । बिद्यार्थीहरु के पढ्ने, कहा पढ्ने दुविधामा देखिन्छन् । कोही साधारण र कोही प्राविधिक शिक्षा पढ़ने भन्नेमा बढी चासो र चिन्ता देखिएको बेला मुलुकको प्राबिधिक शिक्षा क्षेत्रको अभिभावक संस्था प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद (सिटिईभिटी) अन्र्तगत गण्डकी प्रदेश भित्रका आंगिक शिक्षालयका प्रमुख के भन्नुहुन्छ ?

हर्कलाल श्रेष्ठ , ( शिक्षालय प्रमुख) पोखरा प्राविधिक शिक्षालय, पोखरा
पर्यटन क्षेत्रमा देशलाई आवश्यक पर्ने दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्ेश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सिटिइभीटी) अन्र्तगत पोखरा प्राविधिक शिक्षालय स्थापना भई डिप्लोमा ईन होटल म्यानेजमेन्ट (३ बर्षे), डिप्लोमा ईन अटोमोवाईल ईन्जिनियरिङ (३ बर्षे) ÷ प्रि डिप्लोमा ईन होटल म्यानेजमेन्ट( १८ महिना) का कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसका अतिरिक्त श्रम बजारको माग अनुसार छोटो अवधिका कार्यक्रमहरुःः–बरिष्टा, वेकरी, हाउस किपिङ, जनरल कुक, होम स्टे, वेटर, कन्टीनेन्टल कुक, चाईनिज कुक, फन्ट अफिस अपरेटर, बार टेन्डर, ईन्डियन कुकका साथै मागको आधारमा १० दिन देखि ६५ दिन सम्मका छोटो अवधिका तालीमहरु सञ्चालन गर्दै आएको छ । हालसम्म यस शिक्षालयले पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा गरी १० हजार भन्दा बढी जनालाई लामो तथा छोटा अवधिको तालीम तथा प्राविधिक शिक्षा प्रदान गरी दक्ष जनशक्तिहरु उत्पादन गरिसकेको छ भने ति मध्ये ७० प्रतिशत उत्पादित जनशक्तिहरु स्वरोजगार, रोजगार र वैदेशिक रोजगारमा आवद्ध रहेका छन् ।

राजन नेपाली, शिक्षालय प्रमुख, धौलागिरी बहुप्राविधिक शिक्षालय, वागलुङ
देशमा बढ्दैै गएको बेरोजगारी समस्यालाई न्यूनीकरण गर्दै युवाहरुलाई रोजगार तथा स्वरोजगार का जोड्ने कार्यमा सहजिकरण गर्ने उदेश्यले देशमा प्रावधिक शिक्षा तथा व्यावसायिक तालिमका कार्यक्रमहरु सञ्चालन हुदै आएका छन्। हाम्रो जस्तो विकान्सोमुख देशमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको महत्व बढ्दै गएको छ । देशलाई आवश्यक कृषि तर्पmका जनशक्ति तयार गर्ने उदेश्यले यस धौलागिरी बहुप्राविधिक शिक्षालयको स्थापना भै डिप्लोमा इन एग्रिकल्चर (पशु विज्ञान), डिप्लोेमा इन एग्रिकल्चर (वाली विज्ञान) विषयको अध्ययन हुदै आएको छ । हालसम्म पहिलो शैक्षिक सत्रका विद्यार्थीहरु पास आउट भएका छन् भने उक्त जनशक्ति नेपाल सरकारको निजामति सेवा, शैक्षिक संस्था, केहि स्वरोजगारमा आवद्ध भएको पाईन्छ ।

प्रदिप राज बसौला (शिक्षालय प्रमुख) गोरखा पोलिटेक्निक इन्स्टिच्युट, पालुङ्गटार, गोरखा
देशको आर्थिक विकास एवं समृद्दिको आधार प्राविधिक शिक्षा हो । देशको निर्माण बजारका लागि दक्ष जनशक्ति प्राविधिक जनशक्ति उत्पादन गर्ने उदेश्यले सिटिईभीटी अन्तगरत गोरखाको पालुङटारमा यस गोरखा पोलिटेक्निक इन्स्टिच्यट स्थापना भएको छ । यस इन्स्टिच्यटमा सिभिल इन्जिनियरिङमा तीन वर्षे डिप्लोमा, डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ, डिप्लोमा इन जियोमेटिक्स इन्जिनियरिङ कार्यक्रम सञ्चालन गरिदै आएको छ । लामो अवधिका कार्यक्रमका अतिरिक्त छोटोे अवधिका सिपमूलक तालिमहरुमा बिल्डिङ इलेक्ट्रीशियन, बेमौसमी तरकारी उत्पादन, मोटरसाइकल मेकानिक्स लगायतका तालिमहरु सञ्चालन गरिदै आएको छ ।

शरद कोईराला (शिक्षालय प्रमुख) आँधिखोला बहुप्राविधिक शिक्षालय
परम्परादेखि चल्दै आएको साधारण शिक्षा भन्दा अलग, नवीन प्रविधिको प्रयोगसंगै प्रयोगात्मक अभ्यास, अनुसन्धान तथा नवप्रवर्तनलाई जोड दिई रोजगार, स्वरोजगार तथा उद्यमशिलतालाई प्रवर्धन गर्ने जीवनोपयोगी शिक्षा प्राविधिक शिक्षा हो । कृषि, इञ्जिनियरि, पर्यटन र स्वास्थ्य सेवाका कार्यक्रमहरू प्राविधिक शिक्षामा पर्दछन्। आँधिखोला बहुप्राविधिक शिक्षा वालिङ्गमा प्राविधिक शिक्षाका कार्यक्रमहरु मध्ये डिप्लोमा इन सिभिल इञ्जिनियरिङ्ग र डिप्लोमा इन आइ टि मा पठनपाठन हुदै आएको छ । आगामी दिनहरुमा स्थानीय तहसँग समन्वय र सहकार्य गरी थप कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्य लिईएको छ ।

मोहन बहादुर कार्की, शिक्षालय प्रमुख, किसान बहुप्राविधिक शिक्षालय चापाकोट स्याङ्ग्जा ।
रोजगारी, स्वरोजगारको लागि प्राविधिक शिक्षाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । सिकेको ज्ञान र सीपलाई प्रयोग गर्न सकेमा प्राविधिक शिक्षा मार्फत उत्पादन बृद्धिररोजगारी सिर्जनामा सहयोग पुग्ने निश्चित छ । यसै विषयलाई मध्यनजर गर्दै यस शिक्षालयमा कृषि विज्ञानमा डिप्लोमा, पशु विज्ञानमा डिप्लोमा र सिभिल इन्जिनियरिङमा डिप्लोमा तहका कार्यक्रमहरु सञ्चालन हुदै आएका छन् । यि सबै कार्यक्रमहरू एसईई पश्चात ३ वर्षका छन् । हाल शिक्षालयमा भौतिक पूर्वाधारको निमार्ण हुदै गरेको र आगामी दिनहरुमा कार्यक्रम थप गरिदै लग्ने लक्ष्य रहेको छ ।

भूमहेश्वर रन्जित, शिक्षालय प्रमुख, कालिगण्डकी बहु–प्राविधिक शिक्षालय, तनहुँ ।
हाम्रो जस्तो विकासोन्मुख देशमा श्रमलाई सीपसँग, सिपलाई प्रविधिसँग, प्रविधिलाई लगानीसँग, लगानीलाई रोजगारसँग बजारलाई रोजगारसँग जाडनु आवश्यक छ । यसका लागि प्राविधिक शिक्षाको आवश्यकता छ । प्राविधिक शिक्षा मार्पत सिकेका सीप हरेक व्यक्तिले जीवनयापनसँग प्रत्यक्ष सरोकार राख्दछ । यस्तै आवश्यकतालाई परिपूर्ति गर्न कालिगण्डकी बहुप्राविधिक शिक्षालय तनहुँ जिल्लाको घिरिङ –१, पुट्टारमा अवस्थित रहेको छ । यस संस्थामा वन विज्ञान (फरेष्ट्रि) विषयमा एसइइ पश्चातको तीन वर्षे कार्यक्रम सञ्चालनमा रहेका छन् । यस शिक्षालयवाट हालसम्म एउटा समूह उत्पादन गरिसकिएको छ भने उत्पादित जनशक्तिहरू विभिन्न वन कार्यालय अन्तरगत र निजी संस्थामा कार्यरत रहेका छन् । डिप्लोमा ईन फरेष्ट्रि अध्ययन पश्चात उपलब्ध हुने रोजगारका अवसरहरुमा सरकारी संस्था, बन तथा वातावरण मन्त्रालय, भू संरक्षण विभाग, राष्ट्रिय निकुञ्ज वन अनुसन्धान प्रशिक्षण केन्द्र एनजिओ आईएनजिओ र स्वरोजगार बन्न सक्ने योग्य पदहरु ः फरेष्ट्रीररेन्जर, मेमस्काउट, सिनियर गेम स्काउट, वन प्राविधिक रहेकाछन् ।

सुवास ओलिया, शिक्षालय प्रमुख, ग्रामिण तालिम केन्द्र लम्जुङ्ग
प्राविधिक शिक्षा एक प्रयोगात्मक शिक्षा हो, जसले मानव जिवनलाई आवश्यक पर्ने भौतिक सुबिधाहरु परिपुर्ति गर्न मद्दत गर्छ । आफ्नै हातले केहि गर्नुपर्छ र पढेर मात्र नभई गरेर नै सिक्नुपर्छ भन्ने सिद्धान्त बोकेको एक विज्ञान हो । यसले स्वरोजगारीको अवसर सिर्जना गर्छ र रोजगारको अवसरहरु सिर्जना गर्नुका साथै सीप सिकेका मानिसहरुलाई सिर्जनाशील बन्न मदत गरी देशमा गरीबी र बेरोजगारको दर घटाउछ । सिटिईभीटी अन्तरगत रहेको यस शिक्षालयमा १८ महिने कृषि वाली विज्ञान विषयको पठन पाठन हुनुका साथै निशुल्क छोटोे अबधिको तालिमहरु सञ्चालन हुदै आएका छन् । छोटो अवधिका तालिमहरुमा प्लम्बिङ, ब्यूटि पार्लर बेमौसमि तरकारी खेति, मौरी पालन आदि । यस ग्रामिण तालिम केन्द्रबाट उर्तीण भएका प्रशिक्षार्थीहरु मध्ये लोकसेवामा नाम निकाली सरकारी सेवामा कार्यरत छन्, केही गैह्र सरकारी शैक्षिक संस्था,गाउँपालिका, नगरपालिकाको कृषि शाखामा कार्यरत छन् भने केही आफ्नै कृषि फार्म सञ्चालन गरी उद्यमी बनेका छन् ।

खड्क सुब्बा, शिक्षालय प्रमुख, धवलागिरी प्राविधिक शिक्षालय लेते मुस्ताङ्ग
प्राविधिक शिक्षा आजको आवश्यकता हो । साधारण शिक्षाले ज्ञान उपलब्ध गराउन सके पनि सीप प्रदान नसकेको कारण देशमा वेरोजगारको संख्या वढ्दै गएको छ । व्यक्तिलाई सीप सिकाएर उत्पादन तथा रोजगारीमा जोड्ने उद्देश्यले नेपालको हिमाल पारीका जिल्लाको रुपमा चिनिदै आएको यस धवलागिरी प्राविधिक शिक्षालयमा होटल व्यवस्थापन र कृषिका कार्यक्रमहरु सञ्चालन हुदै आएका छन् । यस शिक्षालयमा सञ्चालित कार्यक्रमहरुमा १८ महिने समय अवधिका होटल म्यानेजमेन्ट, कृषि पशु विज्ञान र वाली विज्ञानका कार्यक्रमहरू सञ्चालन हुदै आएका छन् । हाटल म्यानेजमेन्ट तर्फ उत्पादित जनशक्ति देशका विभिन्न भाग र विदेशमा समेत रोजगारीमा जानेको संख्या उल्लेख्य रहेको छ ।

गोविन्द शर्मा, शिक्षालय प्रमुख, बारपाक बहुप्राविधिक शिक्षालय, बारपाक सुलिकोट, गोरखा
प्राविधिक शिक्षा मार्फत सिकेका ज्ञान र सीपहरूमा व्यावहारमा प्रयोग गर्ने अवसर प्राप्त भएमा व्यक्तिको दैनीक जीवनमा सुधार आउने निश्चित छ । त्यसैले तीनै तहका सरकारबाट प्राविधिक शिक्षालाई उच्च प्राथमिकता दिईदै आएको छ । तीनै तहका सरकार, निजी क्षेत्र र अन्य सरोकारवाला बीच समन्वय र सहकार्य गर्दै आगामी दिनहरुमा गुणस्तरीय प्राविधिक शिक्षामा जोड दिन आवश्यक छ । ग्रामीण भेकमा वस्दै आएका समुदायहरुलाई कृषि क्षेत्रमा संलग्न गराउने र यसका लागि आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यका साथ गोरखा जिल्लाको बारपाकमा यस शिक्षालयको स्थापना भएको हो । यस शिक्षालयमा ३ बर्षे बाली विज्ञान र पशु विज्ञान विषयमा अध्यापन गराईदै आईएको छ ।

जीवन देवकोटा, प्रशासकिय अधिकृत, राइनास बहुप्राविधिक शिक्षालय, लम्जुङ्ग
प्राविधिक शिक्षाको गन्तव्य राइनास बहुप्राविधिक शिक्षालय देशको लागि आवश्यक पर्ने निम्न तथा मध्यमस्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्यले परिषद्को आङ्गिक शिक्षालयको रुपमा सञ्चालन हुदै आएको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमले “बोली खाने भन्दा गरी खाने” बनाउँदछ । प्राविधिक शिक्षा शिक्षालाई सीप, सीपलाई श्रम, श्रमलाई रोजगारी र उद्यमशीलतासंग जाड्ने एक मात्र सेतु हो । दक्ष प्राविधिक बनी आर्थिक उन्नती प्रगति तथा देशको समग्र सम्बृद्धिमा सहयोगीको भूमिका निर्वाह गरिरहेका छ । यस शिक्षालयमा ३ वर्षे वन विज्ञान र फरेष्ट्रि विषयका कार्यक्रमहरु सञ्चालन हुदै आएका छन् । नेपाल सरकार शिक्षा मन्त्रालयको विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत ३ वर्षे कृषि वाली विज्ञान समेत संचालन गर्दै आइरहेको छ । नियमित कार्यक्रमका अतिरिक्त समुदायको मागमा आधारित छोटे अवधीको विभिन्न तालीमहरु समेत संचालन गर्दै आइरहेको छ ।

प्रदिप राज पौडेल, शिक्षालय प्रमुख, तनहुँ प्राविधिक शिक्षालय, तनहुँ
शिक्षालाई बैज्ञानिक, प्राविधिक, व्यावसायिक, सिपमुलक, रोजगारीमूलक बनाई सक्षम, प्रतिस्पर्धी, नैतिकवान एवं राष्ट्र हित प्रति समर्पित दक्ष जनशक्ति तयार पार्नु आजको आवश्यकता हो । यसै अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले देशभर सञ्चालन गर्दै आएकोछ । सिटिईभीटी अन्तर्गत आंगिक शिक्षालयको रुपमा सञ्चालित यस शिक्षालयले ३ बर्षे कृषि वाली विज्ञान विषयमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस शिक्षालयबाट उत्पादित जनशक्तिहरु सरकारी, गैह्र सरकारी का अतिरिक्त निजी क्षेत्रमा रहेका कृषि फर्म तथा एग्रोभेटमा रोजगारीमा छन । एक वडा एक कृषि प्राविधिक भन्ने नेपाल सरकारको नीतिले कृषि प्राविधिकको स्थानीय तहमा राम्रो रोजगारको अवसरलाई दर्शाउदछ । कृषि प्रधान देशमा यस्ता प्राविधिक जनशक्तिको महत्व वढ्दो मात्रमा पाईन्छ ।

मोतिमाया सुवेदी, शिक्षालय प्रमुख, अन्नपूर्ण बहु–प्राविधिक शिक्षालय, कास्की
प्राविधिक शिक्षा आजको परिवेशमा अति आवश्यक शिक्षा हो । यसले हातमा सिप, ज्ञान दिनुको साथै ब्यबहारीक ज्ञान पनि सिकाउदछ । यसले व्यक्तिको जिबन, परिवार र राष्ट्रलाई नै सकरात्मक परिबर्तन ल्याउने काम गर्दछ । यसैलाई मध्यनजर राखी अन्नपूर्ण बहु प्राविधिक शिक्षालयले कृषि क्षेत्रमा आवश्यक पर्ने मध्यम स्तरका जनशक्तिलाई उत्पादन गर्ने उद्देश्यले ३ बर्षे डिप्लोमा बाली विज्ञानका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । स्थानीय तहको माग अनुसार आगामी दिनहरुमा पशु स्वास्थ्य र ईन्जिनियरिङ्गका विषयहरुमा कार्यक्रम थप गर्ने लक्ष्यका साथ काम गर्दै आएको छ ।
प्रस्तुती : टंकराज अधिकारी
….























