97Shares

पोखरा भ्यूज

पोखरा पछिल्लो समय वातावरण प्रदुषण भइरहेको जनगुनासो त्यसको प्रभाव प्रत्यक्ष रूपमा देखिन थालेपछि विभिन्न सरोकारवालाहरुले नियन्त्रणका उपायहरु अपनाउन थालेका छन स्थानीय तहहरुले समेत वातावरण सरंक्षणमा चासो दिन थालेका छन भने सामाजिक संघ संस्थाहरुले उनिहरुलाई सहयोगीको भुमिका खेलेका छन

यसै क्रममा शनिवार लायन्स क्लब अफ पोखरा अभियानले पोखरा, नदिपुर स्थित समता फाउण्डेसनद्वारा सञ्चालित शारदा बोर्डिङ्ग स्कुल परिसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको क्लबद्वारा धुपि, अशोका, कपुर लगाएतका बिभिन्न प्रजातिका बिरुवाहरु रोपिएको क्लबका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक बिनोद केसीले बताए

क्लबका अध्यक्ष कृष्ण लम्सालको अध्यक्षतामा सम्पन्न भएको बृक्षारोपण कार्यक्रममा क्लवका संस्थापक़ अध्यक्ष एवं लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङ्गाना, डिष्ट्रिक्ट ईभालुसन चिफ पबित्र राज तिवारी, डिष्ट्रिक्ट ट्री प्लानटेसन चिफ सन्तोष श्रेष्ठ, रिजन चेयरपर्सन प्रेम दाहाल, जोन चेयरपर्सन किरण ढकाल, क्लबका पूर्व अध्यक्ष एवं पदाधिकारी, लियो क्लव अफ पोखरा अभियानका उपाध्यक्ष दिपेश के. सि. लगायतको उपस्थिति रहेको थियो

97Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected