
पोखरा भ्यूज
लेखनाथ, ३० साउन । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल, जोन ११ अन्तर्गतका क्लबहरूको संयुक्त पदस्थापन सम्पन्न भएको छ । सोमवार पोखरा–२६ लेखनाथ स्थित नमस्ते पाटी प्यालेसमा सम्पन्न पदस्थापन समारोहमा जोन ११ अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ लेखनाथ सेवेन लेक सिटी, लेखनाथ मेट्रो सिटी र लेखनाथ लेक सिटीको संयुक्त पदस्थापन सम्पन्न भएको हो । समारोहका प्रमुख अतिथि पदस्थापन अधिकृत डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले ३ वटै क्लबका लायन बर्ष अध्यक्ष एवं पदाधिकारीहरूलाई पदस्थापन गराएका थिए भने डिष्ट्रिक्टका द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले क्लब प्रवेश गरेका नयाँ सदस्यलाई लायनवादको परिचय सहित पदको सपथ गराएका थिए ।

कार्यक्रममा लायन बर्ष २०२१/२२ का तिन वटै क्लबहरू लायन्स क्लब अफ लेखनाथ सेवेन लेक सिटी, लेखनाथ मेट्रो सिटी र लेखनाथ लेक सिटीका अध्यक्षहरू क्रमशः बद्रीनाथ भण्डारी, बलराम बराल र सुरजजंग ढुङगानाले आफ्नो कार्यकालमा भए गरेका कार्यहरू प्रस्तुत गरेका थिए भने लायन बर्ष २०२२/२३ का अध्यक्षहरू क्रमशःगोबिन्द लामिछाने, उत्तम भण्डारी र बिजय भण्डारीले हालसम्म गरेका कार्य र भावी कार्यक्रमहरू प्रस्तुत गरेकाथिए ।

समारोहमा डिष्टिक्ट गर्भनर राम बसेलले लायन्सले समाजमा गरेका उत्कृष्ट सेवाका कार्यहरूको निरन्तरता रगर्न बाँकी रहेका सबै सेवा कार्यहरूलाई बर्ष २०२२/२३ मा अगाडी बढ़ाउदै ‘ म टिमवर्कमा विश्वास गर्दछु’ (आई विलिभ ईन टिम वर्क) भन्ने नारालाई वर्षभरि नै प्राथामिकतामा राखेर काम गर्न र सफल नेतृत्वको उदाहरण प्रस्तुत गर्न नव निर्वाचित अध्यक्षहरूलाई आग्रह गरेका थिए । गभर्नर बसेलले डिष्ट्रिक्टमा मनोनित लायन्स लिडरहरूलाई प्रदान गरिएको ज़िम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गरेकोमा उदाहरण प्रस्तुत गर्दै, त्यहि नैहो ‘आई विलिभ ईन टिम वर्क’ उनले भने । ‘मेरो डिष्ट्रिक्ट बलियो डिष्ट्रिक्ट’ र ‘एक पटकको लायन्स सधैको लायन्स’ भन्ने अभिप्रायका साथ क्लबका सम्पूर्ण सदस्यलाई स्थायी सदस्य बनाउन गभर्नर बसेललेआग्रह गर्दै नयाँ ढंगले मानव सेवाका कार्यमा उत्साह, हौसला साथ लाग्न समेत अनुरोध गरे ।
कार्यक्रमका विशिष्ट अतिथि डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले डिष्ट्रिक्ट गभर्नरले ल्याउनु भएको कार्यक्रम लामो समय चल्ने दिर्घकालिन सोचले आएका बताउदै यसबर्षको नारालाई हृदयगम गर्दै उत्कृष्ट ढंगले कार्य सम्पादन गर्न अनुरोध गरेका थिए ।
डिष्ट्रिक्ट एडमिनिट्रेटर शैलेन्द्र मोहन भट्टराईले डिष्ट्रिक्ट गभर्नरले ल्याउनु भएका कार्यक्रमलाई उत्कृष्ट ढंगले सम्पादन गर्न क्लब अध्यक्षहरूलाई आग्रह गरेका थिए । कार्यक्रममा डिष्ट्रिक्ट चिफ एवं लायन्स क्लब अफ लेखनाथ सेवेन लेकसिटीका पूर्व अध्यक्ष गणेश ढुङगानाले उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रमको पहिलो शत्रको अध्यक्षता सेवेन लेक सिटीका २०२१/२२ अध्यक्ष बद्रीनाथ भण्डारी र दोस्रोशत्रको अध्यक्षता २०२२/२३ लेखनाथ सिटीका अध्यक्ष बिजय भण्डारीले गरेका थिए । कार्यक्रममा लेखनाथमेट्रो सिटीका प्रथम उपाध्यक्ष कुशलराज लामिछाने, मेट्रो सिटीका २०२१/२२ का सचिव सुरेन श्रेष्ठ, सेवेन लेकसिटीका २०२२/२३ का सचिव सुधिरमणि लामिछाने, निशान श्रेष्ठ लगाएतले बोलेका थिए ।





सम्बन्धित खवर
















