141Shares

पोखरा भ्यूज

अन्नपूर्ण, कास्की । अन्नपूर्ण गाउँपालिका कास्कीको गाउँ कार्यपालिकाको वैठक सोमवार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको

गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर के सी को अध्यक्षतामा सम्पन्न वैठकमा अघिल्ला वैठकमा भएका निर्णयहरुको कार्वान्वयनको अवस्थाको समिक्षा गर्दै आर्थिक वर्ष २०७९/८० को लागि गाउँपालिका क्षेत्र भित्र लागू हुने निर्माण सामाग्री कामदारको ज्याला दररेट सबै वडाहरुबाट प्राप्त सुझाव समेत समेटी स्वीकृत गर्ने र चालु आर्थिक वर्ष २०७९/०८० को लागि बिषयगत शाखा, वडागत गाउँपालिका स्तरीय योजना तथा कार्यक्रम कार्यान्वयन कार्यतालिका स्वीकृत गर्ने भएको

गाउँपालिका मातहतका निकायहरु शाखागत मूल्याङ्कन सूचकहरु निर्माण गरि समग्र पक्षको चौमासिक मूल्याङ्कन गर्ने .. २०७९/०८० को वार्षिक वजेट तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कार्यविधी कार्यक्रम कार्यान्वयनका लागि तयार पारिएको १० वटा कार्य विधी, मापदण्ड तथा प्रक्रिया पनि वैठकले पारित गरेको

जसमा वैठकले अन्नपूर्ण गाउँपालिका स्वास्थ बिमा कार्यक्रम संचालन कार्यविधी, विपद व्यवस्थापन कोष कार्यविधि, सुरक्षित आप्रवासन सम्बन्धि कार्यविधि, दुग्ध उत्पादन कृषकहरुलाई उत्पादनको आधारमा प्रोत्साहन सहयोग कार्यक्रम संचालन कार्यविधि, कुखुरा पालक कृषकहरूलाई चल्ला खरिदमा पच्चीस प्रतिशत अनुदान कार्यविधि, नमुना फर्म निर्माण पचास हजार अनुदान कार्यविधि, विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धि कार्यविधि, स्थानीय पाठ्यक्रम पाठ्यसामग्री विकास तथा कार्यान्वयन कार्यविधि, शिक्षानियमावलीपहिलो संशोधन २०७९, बालकोष संचालन कार्यविधि २०७९ जस्ता कार्यविधी पारित गर्ने निर्णय गरेको गाउँपालिका गाउँ कार्यपालिकाका प्रवक्ता भरत मान गुरूङले पोखरा भ्यूज डट कमलाई जानकारी दिए ।

त्यस्तै, वैठकले करारमा कार्यरत कर्मचारीहरुको करार अवधि थप गर्ने, घटना दर्ता मालपोत तिरो संकलनको लागि अनलाइन ईन्ट्री शिविर संचालन गर्ने, गाउँ पालिकाको लोगो निर्माण गर्ने, प्रक्रिया पुगेर आएका भुमिहिन दलित, सुकुम्बासी अव्यवस्थित बसोबासीहरुको फार्म स्वीकृत गर्ने, आर्थिक वर्ष २०७८/०७९ को निर्माण व्यवसायीहरुको गाउँ पालिकाबाट जारी इजाजत पत्र अनुमोदन गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमका योजनाहरु स्वीकृत गर्ने, गाउँ पालिकाको दर रेट स्वीकृत गर्ने, विभिन्न घट्टे खोला, धोती खोला छलिमाया हाइवे हस्पिटल लगाएतका विभिन्न प्रारम्भिक वातावरण मूल्याङ्कन स्वीकृत गर्ने जस्ता विभिन्न १७ वटा एजेन्डामा छलफल गरी निर्णय भएको प्रवक्ता गुरूङले बताए

141Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected