23Shares

पोखरा भ्यूज

पर्वत । लायन्स क्लब अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ आई नेपाल रिजन जोन १६ अन्तर्गतका क्लबहरुको संयुक्त पदस्थापन समारोह सम्पन्न भएको विहिवार पर्वतको कुश्मा स्थित होटल ओरियन्टमा सम्पन्न पदस्थापन समारोहमा लायन्स क्लब अफ पर्बत गुप्तेश्वर, पर्बत भुमेकोट तथा नयाँ क्लब पर्बत गुप्तेश्वर मोदीको संयुक्त पदस्थापना तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो

समारोहमा वर्ष २०२१/२२ मा आफ्नो कार्यकालमा क्लबले गरेका मानवीय सेवाका कार्यहरुको भूमेश्वरका अध्यक्ष नारायण कुवर, गुप्तेश्वरका अध्यक्ष अर्जुन पौडेल (निर्जन) ले वार्षिक प्रगति प्रतिवेदन वर्ष २०२२/२३ का ज्ञानेन्द्र कुमार जोशी तथा कल्पना कुमारी शर्माले हालसम्म क्लबले सम्पादन गरेका कार्य सहित भावी कार्यक्रमहरू प्रस्तुत गरेका थिए

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेलले नयाँ लायन्स र लियो क्लबहरू लायन्स क्लब अफ पर्वत गुप्तेश्वरद्वारा गठित नयाँ लायन्स क्लब पर्बत गुप्तेश्वर मोदी लियो क्लब अफ पर्वत गुप्तेश्वरको उद्घाटन गरेका थिए   नयाँ लायन्स क्लब पर्बत गुप्तेश्वर मोदीमा कृष्ण बहादुर मल्ल लियो क्लबअफ पर्वत गुप्तेश्वर सुदर्शन पौडेल अध्यक्ष रहेका छन

गभर्नर बसेलले वटा पूराना क्लवका अध्यक्ष एवं पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथसँगै नेतृत्व परिवर्तनको औपचारिकता पुरा गराएका थिए भने नयाँ स्थापना भएको क्लब लायन्स क्लव अफ पर्वत गुप्तेश्वर मोदीका संस्थापक अध्यक्ष कृष्ण मल्ल लगायत क्लवका पदाधिकारीहरु क्लवका संस्थापक सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराई क्लवमा आवद्धता सदस्यताको प्रमाणपत्र तथा पिनहरुले सुशोभित गरेका थिए

लायन्स क्लब अफ पर्वतका लायन बर्ष २०२१/२२ का अध्यक्ष अर्जुन पौडेलले पहिलो सत्र पर्वत भुमेंकोटकाअध्यक्ष कल्पना कुमारी शर्माले दोस्रो सत्रको अध्यक्षता गरेको कार्यक्रममा डिष्ट्रिक्टका भाईस गभर्नरद्वय चन्द्रकुमार केसी बिनोद ढुङगाना, डिष्ट्रिक्ट पिआरओ राधा कुँवर क्षेत्री, गुप्तेश्वरका संस्थापक अध्यक्ष हरिॐशर्मा लामिछाने भूमेश्वरका प्रथम उपाध्यक्ष गणेश बहादुर भण्डारी, गुप्तेश्वरका सचिव सोमन्तनाथ सुवेदी लगाएतले लायनवादले समाजमा परिवर्तनमा खेलेको भूमिकाका बारेमा आफ़ना भनाई सहित वटैक्लबका अध्यक्षलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए

23Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected