66Shares

म्याग्दी, बेनी । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेलको म्याग्दी स्थित ८ वटा लायन्स क्लबलाई ल्यापटप प्रदान गरेका छन ।

म्याग्दी स्थित लायन्स क्लबहरूको पदस्थापन समारोहमा क्लबले आवश्यकताका आधारमा जहितहि दिन सक्ने गरी उक्त ल्यापटप प्रदान गरिएको गभर्नर बसेलले जानकारी दिए ।

विहिवार बेनी नगरपालिका-४ सिङगा तातोपानी स्थित होटेल हट स्प्रिंगमा सम्पन्न पदस्थापन समारोहमा लायन्स क्लब अफ बेनी म्याग्दी, म्याग्दी दरबांग, बेनी सिटी, बेनी पिस सिटीको संयुक्त पदस्थापन समारोह सम्पन्न भएको थियो भने सुक्रवार बेनी स्थित होटल यतिमा बाँकी ४ वटा क्लबहरू लायन्स क्लब अफ म्याग्दी दोभान, बेनी महारानी, बेनी मल्लाज, बेनी लब्लिहिलको संयुक्त पदस्थापना तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको थियो ।

छुट्टाछुट्टै स्थानमा सम्पन्न संयुक्त पदस्थापना तथा शपथ ग्रहण समारोहमा क्लबमा भित्रिएका नयाँ लायन्स सदस्यहरुलाई द्वित्तिय भाइस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङ्गानाले ईन्डक्सन सहित सफथ गराएका थिए ।

प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर एवं पदस्थापन अधिकृत राम बहादुर बसेलले ८ वटै क्लबका लायन बर्ष २०२२/२३ निर्वाचित अध्यक्ष तथा क्लब पदाधिकारीहरुलाई लायन्सको बिधि र परम्परा अनुसार पदस्थापन गराएका थिए ।

समारोहमा वर्ष २०२१-२२ का क्लबका अध्यक्षहरू लायन्स क्लब अफ म्याग्दी दर्वाङका अमृत सापकोटा, बेनी म्याग्दीका नारायण प्रसाद श्रेष्ठ, बेनी पिस सिटीका मिलन बानिया साथै म्याग्दी दोभानका नबिना थापा रावल, लब्लि हिलका देवेन्द्र पौडेल, बेनी मल्लाजका बिक्रम सुबेदि बेनी महारानीका रेश्मा श्रेष्ठ शाक्यले आफ्नो कार्यकालमा सम्पादन गरिएका मानवीय सेवाका कार्यहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यस्तै, लायन बर्ष २०२२/२३ का अध्यक्ष बेनी म्याग्दीका दशरथ कर्मचार्य, बेनी पिस सिटीका नन्द कुमार पाईजा, बेनी सिटीका राजु बानिया, बेनी महारानीका भिम कुमारी सुबेदी, लब्लि हिलका भरत बहादुर रखाल, बेनी मल्लाजका पुस्कल ढुङ्गाना तथा म्याग्दी दोभानका कमला खत्रीले क्लबले वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए ।

66Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected