85Shares

पोखरा भ्यूज

पोखरा, ४ भदौ । नारीहरुको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीजसँग सम्बन्धित कार्यक्रमले तिब्रता पाएका छन् । यसै क्रममा शनिवार लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल गण्डकी क्षेत्रको आयोजनामा पोखरामा दिदीबहिनी भेटघाट सम्मान तथा तीजको दरखाने कार्यक्रम सम्पन्न भएको

तीज फेलोशीप कार्यक्रममा समाजसेवी तथा महिला उद्यमी लक्ष्मी शर्मा भट्टराईलाई सम्मान गरिएको

कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेल, कार्यक्रम संयोजक लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका जिएमटी कोअर्डिनेटर शान्ता थापाले सम्मान-पत्र सहित दोशल्ला ओढाई भट्टराईलाई सम्मान गरेका थिए

सम्मान-पत्रमा भनिएको , ‘पोखरा महानगरपालिका१७ निबासी लक्ष्मी शर्मा भट्टराई लामो समयदेखि क्यान्सरसँग संघर्षरत रही उच्च मनोबल इच्छा शक्तिका साथ अदत्तिय जीवन जिउने कला प्रस्तुत गर्दै व्यक्तिगत रुपमा तथा सामाजिक संघ सस्थाहरु मार्फत उत्प्रेरणा जगाउदै सवैको प्रेरणाको स्रोत बनी हामी नेपाली महिलाहरुको आदर्श व्यक्तित्व बन्न सफल भएकोमा यहाँको योगदानको उच्च प्रशंसा गर्दै यो सम्मान-पत्रद्वारा सम्मान गरिएको छ, यहाँको यस्तै अनुकरणीय उर्जाशिल योगदानको थप अपेक्षा गर्दछौं

सम्मान ग्रहण पश्चात मन्तव्य राख्दै भट्टराईलेयस सम्मानले आफुलाई आत्मबल बढ़ेको , सम्मान प्रतिआभार व्यक्त गर्दछु उनले आफ़नो जिवनको भोगाई अनुभव व्यक्त गरेकी थिईन दुई महिना अघि मात्र उत्कृष्ट बर्ष महिला उद्यमीबाट घोषित भई प्रधानमन्त्री शेरबहादुरबाट सम्मानित भएकी भट्टराईले क्यान्सर ठूलो रोग हैन आत्मबल नै ठुलो हो

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेलले तीज पर्व महिलाहरुको महान् पर्व भएकाले सबैले मिलेर परम्पराको संरक्षण गर्दै मनाउनु पर्ने बताए गभर्नर बसेलले तीजको महिमा बारे बताउदै परापुर्वक कालमा देवी पार्वतीले शिवलाई स्वामी पाउँ भनि निराहार ब्रत बसेको सोही उनको कामना पुरा भएको विश्वासका आधारमा राम्रो पति पाउन विवाहितहरुले पतिको सुस्वास्थ्य, दीर्घायु प्रगतिको कामना गर्दै ब्रत बस्ने चलन नाच गान गरी रमाइलो गर्ने रहेको

सोही कार्यक्रममा डिष्ट्रिक्ट फस्ट लेडि एवं लायन्स क्लब अफ पोखरा समर्पितका संस्थापक अध्यक्ष भावना बसेलले तिजको अवसरमा आयोजना गरिएको कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेकी थिईन
तिज़ फ़ेलोशीप कार्यक्रममा प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, द्वित्तिय भाईस गभर्नर बिनोद ढुङगाना, क्याविनेट सेक्रेटरी हरिराज पन्त, ट्रेजरर सूर्यनारायण बराल, फस्ट भिडिजी स्पाउस जमुना केसी, डिष्ट्रिक्ट एडमिनिट्रेटर शैलेन्द्र मोहन भट्टराई लगाएत डिष्ट्रिक्टका सिनियर लिडरहरूको उपस्थिति रहेको थियो

तीज फ़ेलोशीप कार्यक्रमका संयोजक शान्ता थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ पोखरा जननीका संस्थापक अध्यक्ष एवं सेकेण्ड भिडिजी स्पाउस बद्रीका ढुङगाना, सह संयोजक एवं डिष्ट्रिक्टजिएसटी कोअर्डिनेटर अमृत शोभा खत्री, डिष्ट्रिक्ट हंगर रिलिफ चिफ एवं अर्थ संकलन समितिका संयोजक बसुधा भट्टराई लगाएतले मन्तव्य राखेका थिए रिजन चेयरपर्सन हिरा भण्डारीले सम्मानित व्यक्तित्वको परिचय प्रस्तुत गरेकी थिइन्

कार्यक्रमको अवसरमा महिलाहरुले तीजगीत गाउनुका साथै नाचगान गरेका थिए भने दर समेत खुवाएका थिए

85Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected