
पोखरा, ४ भदौ / लायन्स क्लब लेखनाथ सिमसारले पोखरा २७ सयला पाखामा रहेको कृष्णप्रणामी मन्दिर, बृद्ध तथा बाल आश्रमलाई सहयोग गरेको छ । श्रीकृष्ण जन्माष्टमीको अबसर पारी शनिवार एक कार्यक्रमको आयोजना गरी कृष्ण प्रणामी मन्दिर, बृद्ध तथा बाल आश्रमलाई भान्साका सामाग्री र फलफुल सहयोगस्वरुप प्रदान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट मूल्याङकन समितिका संयोजक पवित्रराज तिवारी, क्लब अध्यक्ष शिव कुमारी गिरी, संस्थापक अध्यक्ष तथा डिष्ट्रिक्ट हंगर रिलिफका डिष्ट्रिक्ट चिफ वसुधा भट्टराई, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य बाबुराम गिरी लगाएतले श्रीकृष्ण प्रणामी मन्दिर, बृद्ध तथा बाल आश्रम ब्यवस्थापन समितीका अध्यक्ष दुर्गा गौतम र समितिका संरक्षक कल्याण कुमार कार्कीलाई भान्साका सामाग्री सहित फलफुल हस्तान्तरण गरेका थिए ।
सामग्रीमा ८० लिटर दुध, १ किलो घ्यू, १ लि तेल, ७ किलो चना, ५० किलो आलु, १५ दर्जनकेरा, ६ किलो मेवा, आधा किलो कागती, ७ किलो स्याउ, ५ किलो बोडी, १ किलो सिमला खुर्सानी, ३ किलोकाक़्रो, ५ किलो टमाटर, ५ किलो मूला, भुजा, फुरनदाना ५ प्याकेट लगाएत सामग्री प्रदान गरिएको क्लबका अध्यक्ष शिवकुमारी गिरीले बताईन । उनका अनुसार लायन्स क्लब इन्टरनेशनलको मुख्य कार्यक्रम हंगर रिलिफ अन्तर्गत खाद्यान्न वितरण गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी तिवारीले बृद्ध बुबा आमा बृद्धाश्रम जानुपर्ने दिनको अन्त्य हुनुपर्नेमा जोड दिदै असाह्य जेष्ठ नागरिकको सेवामा कृष्ण प्रणामी मन्दिर, बृद्ध तथा बाल आश्रमले पुर्याएको योगदान सह्रानिय रहेको बताए ।
कृष्ण प्रणामी मन्दिर, बृद्ध तथा बाल आश्रम ब्यवस्थापन समितीका अध्यक्ष गौतमले २०३९ सालमा स्थापना भएर पनि ओझेलमा परेको यस आश्रमलाई सहयोग गरेकोमा लायन्स क्लबलाई दिदैं आगामी दिनमा पनि सहयोगको केही अंश आफुहरुलाई छुट्टाईदिन आग्रह गरे । क्लबका संस्थापक अध्यक्ष बसुधा भट्टराईले लायन्स अन्तर्राष्ट्रियको मुख्य कार्यक्रम हंगर रिलिफ अन्तर्गत खाद्यान्न वितरण रहेको जानकारी गराउदै बृद्धाश्रमलाई सहयोग गर्न पाँउदा खुसी लागेको बताईन । उनले आगमी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्दता ब्यक्त गरिन ।
नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य बाबुराम गिरीले आवश्यकताका आधारमा बृद्धाश्रमलाई छनोट गरी खाध्यान्न सहित फलफूल वितरण गरेकोमा क्लब परिवारलाई धन्यवाद दिदै मानवीय सेवाका कार्यमा निरन्तरलाग्न सुझाव दिए ।
क्लब अध्यक्ष शिवकुमारी गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रम क्लब सचिव प्रभा कुमारी पौडेलले संचालन, संयोजन सन्जु सुबेदी र शारदा बरालले गरेकी थिईन ।








सम्बन्धित खवर
















