65Shares

पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण र पोखरा ताल बाराहीको पदस्थापन तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
 प्रमुख पदस्थापन अधिकृत लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर राम बसेलले दुईवटा क्लबका अध्यक्ष एवं पदाधिकारीलाई पदस्थापन गराएका थिए ।

कार्यक्रममा लायन बर्ष २०२१/२२ का पोखरा अर्पण अध्यक्ष लक्ष्मी कुँवरले २०२२/२३ अध्यक्ष सुनिता कोईरालालाई र पोखरा ताल बाराहीका लायन बर्ष २०२१/२२ अध्यक्ष शिवप्रसाद तिमिल्सिनाले २०२२/२३ का अध्यक्ष मदन कुमार गिरीलाई पदभार हस्तान्तरण गरेका थिए । पदस्थापित अध्यक्ष सुनिता कोईराला र मदन गिरीले आफ़नो कार्यकालमा आफूले गर्ने कामको बारे जानकारी गराएका थिए भने दुवै क्लबका २०२१/२२ अध्यक्षद्वय लक्ष्मी कुँवर र शिवप्रसाद तिमिल्सिनाले आफ़ना कार्यकालमा भए गरेका कार्यहरूबारे प्रस्तुती राखेका थिए ।

सो अवसरमा लायन्स क्लब अफ पोखरा ताल बाराहीका २०२१/२२ का अध्यक्ष शिवप्रसाद तिमिल्सिना भर्खर मात्र सम्पन्न स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिका-१८ को वडाध्यक्षमा निर्वाचित भएकोमा सम्मान गरिएको थियो । उनलाई पदस्थापन समारोहका प्रमुख अतिथि, गण्डकी प्रदेश सभा सदस्य डा. पुष्पा केसी भण्डारी र कार्यक्रमका विशिष्ट अतिथि डिष्ट्रिक्ट गभर्नर राम बसेलले सम्मान-पत्र सहित दोसल्ला ओढाई सम्मान गरेका थिए ।

प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य डा. पुष्पा केसी भण्डारीले ख़ुशी मनले पद हस्तान्तरण गर्नु र ख़ुशी हुदै पद ग्रहण गर्नु शायद लायनवादमा मात्र सम्भव रहेको बताईन । लायन्स क्लब अफ पोखरा अर्पणको संस्थापक अध्यक्ष समेत रहेकी भण्डारीले लायन्सका डिष्ट्रिक्ट गभर्नर बसेलले ल्याएको थिम ‘आई विलिभ ईन टिम वर्क’ लायनवादको भावना ‘वि सर्भिस’ लाई मुखरित गरेको बताईन ।

कार्यक्रममा इशा खाँण र अर्चना कश्यपले उत्कृष्ट स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

पोखरा अर्पणका अध्यक्ष लक्ष्मी कुँवरले पहिलो सत्र र पोखरा ताल बाराहीका अध्यक्ष मदन कुमार गिरीले दोस्रो सत्रको अध्यक्षतामा सम्पन्न समारोहमा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम र द्वित्तिय भाईस गभर्नरद्वय चन्द्रकुमार केसी/बिनोद ढुङगाना, क्याविनेट सेक्रेटरी हरिराज पन्त, रिजन चेयरपर्सन हिरा भण्डारी, जोन चेयर पर्सन नारायण प्रसाद पौडेल लगाएतले पदस्थापित अध्यक्षहरूले ल्याएका वार्षिक कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।

२०२२/२३ का अर्पणका सचिव सविता सापकोटा र ताल बाराहीका सचिव प्रकाश गिरीले कार्यक्रम संचालन गरेका थिए ।

65Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected