86Shares

काठमांडौं । जन्मदिनको उपलक्ष्यमा लायन्स सन्दीप क्षेत्री पराजुलीले रक्तदान गरेका छन आफ्नो जन्मदिनको उपलक्ष्यमा लायन्स क्लब अफ काठमांडौं गुल्मोहर, लियो क्लब अफ गुल्मोहर तथा मदिरा व्यबसाही संघ काठमाँड़ौले आइतवार आयोजना गरेको रक्तदान तथा निशुल्क स्वास्थ्य जाँचमा पराजुलीले रक्तदान गरेका हुन

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट चिफ एडभाईजर पार्वती खरेलले पहिलो रक्तदाता पराजुलीलाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरिएको रक्तदान कार्यक्रममा ८६ प्रिन्ट रगत संकलन भएको थियो

लायन्स क्लब अफ काठमांडौं गुल्मोहरका संस्थापक अध्यक्ष एवं लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट चिफ समेत रहेका पराजुलीले रगतको अभावले कसैको ज्यान नजावस भन्दै मानव जीवन रक्षाका लागि आफ्नो जन्मदिनमा रक्तदान गरेको बताए रगतको अभावमा छ्पटाई रहेका विरामीलाई करौडो रुपैयाँले गर्ने काम एक थोपा रगतले गर्ने वताउँदै त्यसका लागि रक्तदान गरेको सन्दीपको भनाइ

लायन्स क्लब अफ गुल्मोहरका अध्यक्ष छमकला बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन मन बहादुर रोका, लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका चिफ डिष्ट्रिक्ट पिआरओ सूर्य केसी, मदिरा ब्यवसायी संघ काठमांडौंका अध्यक्ष राजन केसी लगाएतकाको उपस्थिति रहेको थियो

86Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected