
लमजुंग, बेशिशहर । डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर राम बसेलले लमजुंगस्थित ३ वटा लायन्स क्लबलाई ल्यापटप प्रदान गरेका छन । डिष्ट्रिक्ट ३२५ आई नेपाल रिजन ७ जोन १५ अन्तर्गतका ३ वटा लायन्स क़्लबको संयुक्त पदस्थापन समारोहमा आवश्यकताका आधारमा जहिकहि वितरण गर्नका लागि ल्यापटप प्रदान गरिएको डिष्ट्रिक्ट गभर्नर राम बसेलले जानकारी दिएका छन ।
विहिवार लमजुंगस्थित बरण्डा पार्टी प्यालेसको सभाहलमा सम्पन्न पदस्थापन तथा सपथग्रहण समारोहमा लायन्स क्लब अफ लमजुंग बेशिशहर, लायन्स क्लब अफ लमजुंग टुगेदर वि क्यान तथा लायन्स क्लब अफ लमजुंग ग्लोबल सिटीका अध्यक्ष एवं क्लब पदाधिकारीलाई समारोहका प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर एवं पदस्थापन अधिकृत राम बसेलले पद ग्रहण सहित पदस्थापन गराएका थिए ।

सो अवसरमा गभर्नर बसेलले लायन्स क्लब अफ लमजुंग टुगेदर वि क्यानको स्पोन्सरमा गठित लियो क्लब लियो क्लब अफ लमजुंग टुगेदर वि क्यानको चार्टर हस्तान्तरण गरेका थिए ।
समारोहमा लायन बर्ष २०२१/२२ का लायन्स क्लब अफ लमजुंग बेशिशहर बिजय घिमिरे र टुगेदर वी क्यानका सरिता सापकोटाले आफ्ना कार्यकालमा सम्पादन गरिएका मानवीय सेवाका कार्यहरू प्रस्तुत गरेका थिए भने लायन बर्ष २०२२/२३ का दुवै क्लबका अध्यक्षहरू टुगेदर वी क्यानका पार्वती श्रेष्ठ र लमजुंग बेशिशहरका विवश बुढ़ाथोकी साथै लियो क्लबका अध्यक्ष टुगेदर वी क्यान सुगम देउजा र बेशिशहरका निश्चल पाण्डेले हालसम्म सम्पादन गरिएका कार्यसहित बाँकी कामहरूको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समारोहमा लायन्स क्लब बेशिशहरका लायन्स सदस्य अश्विन गुरूङ क्लोहासोथर गाउँपालिका वडा नं ३ को वडाध्यक्ष र टुगेदर वी क्यानका लायन्स सदस्य पवित्रा थापा बेशिशहर नगरपालिका वडा नं ८ को वडाध्यक्षमा निर्वाचित भएकोमा प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर राम बसेलले सम्मान गरेका थिए ।
समारोहमा डिष्ट्रिक्टका प्रथम र द्वित्तिय भाईस गभर्नरद्वय चन्द्रकुमार केसी/ बिनोद ढुङगाना, डिष्ट्रिक्ट चिफ एडभाईजर पार्वती खरेलले डिष्ट्रिक्टको छविलाई उचाइमा पु–याउन मन बचन र कर्मले लागि पर्न आग्रह गर्दै डिष्ट्रिक्ट ३२५आई नेपालको गरिमालाई उचो राख्न डिष्ट्रिक्ट गभर्नरले ल्याएका कार्यक्रमलाई सफल बनाउन अनुरोध गरेका थिए ।
लायन्स क्लब अफ लमजुंग बेशिशहरका २०२१/२२ का अध्यक्ष बिजय घिमिरेले पहिलो सत्र र २०२२/२३ का अध्यक्ष विवश बुढ़ाथोकीले दोस्रो सत्रको अध्यक्षता गरेको कार्यक्रममा टुगेदर वि क्यानका संस्थापक अध्यक्ष एवं जोन १५ का जोन चेयर पर्सन पायल शर्मा, टुगेदर वि क्यानका पूर्व अध्यक्ष आयुशा मियाँ, लमजुंग बेशिशहरका २०२२/२३ का सचिव नबिन श्रेष्ठ २०२१/२२ का सचिव बिमल अधिकारी लगाएतले मन्तव्य राखेका थिए ।






सम्बन्धित खवर















