
पोखरा । सिटिवान टेलिभिजनले आयोजना गरेको खुला तीज गीत प्रतियोगीताको उपाधि उपकार आमा समुह पुरुनचौरले जितेको छ । “तीजको वेला सिटीवानको साँस्कृतिक मेला, खुल्ला तीज गीत प्रतियोगितामा कास्की जिल्लाका विभीन्न ४५ समुहले सहभागीता जनाएका थिए ।
सहभागी समुहहरुले विपत व्यवस्थापनमा महिलाको भूमिका, महिला हिसां, पर्यटन प्रवर्धन, सरसफाई, बैदेशिक रोजगार, उधमशिलता, तथा लागु पदार्थ दुव्र्यसनी, शिक्षा जस्ता सामाजिक विषयमा गीत गाएका थिए । पोखरा उद्योग वाणिज्य संघको सभा हलमा शुक्रवार संचालन भएको कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ प्रदेश सरकार सांस्कृतिक गतिविधिको संरक्षणमा लाग्ने भन्दै सद्भाव पुर्ण रुपमा हरितालाीका तिज मनाउन सवैलाई आग्रहृ गरेका थिए ।
खुल्ला तीज गीत प्रतियोगीताको प्रथम हुने समुहलाई नगद ५० हजार साथ प्रमाण पत्र प्राप्त सहित सम्मान गरीएको थियो ।
त्यस्तै, पोखरा हेम्जाको सफल उद्यमी महिला समुह दोस्रो भएको थियो । उक्त समुहले नगद ३० हजार साथमा प्रमाणपत्र हात पार्न सफल भएको थियो ।
हेमजा कै कामधेनु महिला कृषक समुह तितृय भएको थियो । उक्त समुहले नगद २० हजार साथमा प्रमाणपत्र प्राप्त गरेको थियो । यसै गरी सान्वना पुरस्कार गन्धर्व आमा समुहले हात पारेको छ । सान्त्वना पुरस्कार प्राप्त गर्ने समुहले १० हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै उत्कृष्ट नृत्य तर्फ सक्षम अभियान समुह, उत्कृष्ट भेषभुषा अमरसिहं दिदिबहिनी समुह अमरसिहं, उत्कृष्ट शब्द खास्टे ताल बाराही आमा समुह भएका छन् । उक्त समुहहरुले नगद रु ५/५ हजारको साथमा प्रमाणपत्र प्राप्त गरेका थिए ।
प्रतियोगीतामा निर्णायक संयोजक लोक गायीका शान्ती गुरुङले मौलीक गितमा समुहरुले देखाएको प्रर्दशन उत्कृष्ठ रहेको बताईन। गाउने आमा समुहहरुले वाध्यवादन र नाच्नेले ताल मिलाउदा गीतको लय दर्शक र स्रोताले वुझ्ने बताईन । निर्णायक सदस्यहरुमा लोक गायीका बालुमाया पुन र लोक गायीका लक्ष्मी गिरी रहेका थिए ।
कार्यक्रममा रमाइलो तिज प्रतियोगीता सगै दिर्घायू अस्पताल पोखराको सहकार्यमा संचालन भएको वृहत स्वास्थ्य शिवीरमा १२ सय जनाले आफ्नो स्वास्थ्य जाँच गरेका थिए । स्वास्थ्य शिविरमा वरिष्ठ फिजिसियन डाक्टर वद्री पौडेल र वरिष्ठ प्रसुती रोग विशेषज्ञहरुले स्वास्थ्य जाँच गरेका थिए भने करिव ३५ सय जनाले मेलाको अवोलोकन गरेका थिए ।
प्रतियोगीताको समापन सत्रका प्रमुख अथिती कानुन संञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दु कुमार थापाले पछिल्लो समय सांस्कृती चार्डहरूमा विकृती आउन थालेको भन्दै सबै सचेत वन्नु पर्ने बताएका थिए । कार्यक्रम सिटीवान टेलिभीजनका अध्यक्ष पवनकुमार प्रजापतीको अध्क्षयतामा सम्पन्न भएको कार्यक्रमको संचालन टेलिभिजनका प्रवन्द्ध निर्देशक अनिशा श्रेष्ठले संचालन गरेकी थिईन।







सम्बन्धित खवर
















