
पोखरा । पोखरा उद्योग वाणिज्य संघका हालका उपमहासचिव तथा युवा ब्यवसायी केशव खत्रीले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको भदौ २४ र २५ गते हुने ३४औं महाधिवेसनका लागि खत्रीले महासचिवमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलको प्यानलबाट उम्मेदवारी घोषणा गरेका हुन् ।
यसअघि कार्य समिति सदस्य र उपमहासचिव भएर काम गरेको अनुभव उनीसँग छ । खत्रीले विशाल बजार व्यापारिक एसोसिएसन, फेन्सी व्यवसायी संघ लगायत विभिन्न व्यावसायिक संस्थाको सफल नेतृत्व गरी सकेका छन् ।
विभिन्न व्यावसायिक संघसंस्था र संघको कार्यसमिति तथा उपमहासचिव भएर काम गरेको अनुभवबाट महासचिवमा उम्मेदवारी प्रस्तुत गरेको खत्रीले बताए । उद्योगी व्यसायीहरुको हकहित तथा समग्र पोखराको उद्योग व्यवसायको प्रवद्र्धन गर्न आफ्नो उम्मेदवारी भएको खत्री वताउँछन्।







सम्बन्धित खवर
















