2Shares

हरिराम भण्डारी/सउल
नेपाल सामुदायिक समिति ग्वाङ्जुको आयोजनामा खुवाङ्जु पेंगडोंग पार्कमा हरितालिका तीजको अवसरमा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

खुवञ्जु, मोक्पो, धम्याङ नजिकका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूविच नेपाली महिलाहरूको महान चाड तीजको उपलक्ष्यमा आइतवार विविध सांस्कृतिक कार्यक्रमको साथ छमछमि नाचेका थिए।

संस्थाका सल्लाहकार तथा स्टार रेमिटका प्रमुख कार्यकारी अधिकृत रुद्र शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि शर्माले विदेशमा रहेर नेपाली पहिरनमा सजिएर तीज मनाउन पाउँदा खुसी लागेको बताए । शर्माले पहिले कोरियामा दिदीबहिनीहरूलाई कठिन परिस्थिति थियो तर संस्था खोलेपछि सहज भएको बताउदै अहिले हाम्रा धेरै चेलीबेटीहरूको भान्जा भान्जी समेत एक साथ रहि चाडपर्व मनाउन पाँउदा ख़ुशी लागेको जानकारी दिए ।

सो अवसरमा पत्रकारिता मार्फत विभिन्न लेख रचना समाचार सम्प्रेषण गरिरहेका पत्रकार हरिराम भण्डारी सम्मान गरिएको थियो।

रामचन्द्र बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका अध्यक्ष एजिन लामाले सबैलाई धन्यवाद दिएका थिए भने कार्यक्रम सञ्चालन सचिव प्रकाश पराजुलीले गरेका थिए ।

संस्थाका कोषाध्यक्ष शिव आचार्यका अनुसार तीज फेलोशीप कार्यक्रममा एक सय पचास भन्दा बढ़ीको सहभागिता रहेको थियो ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected