२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

उद्योग वाणिज्य संघमा युवा नेतृत्व आवश्यक

पोखरा, १३ भदौ । राजनीतिमा युवा नेतृत्व खोजिरहेको समयमा हरेक क्षेत्रले युवा नेतृत्व चाहिरहेको छ । आसन्न भदौ २४ र २५ गते उद्योगी व्यापारीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको अधिवेशन हुदैछ । संघको नेतृत्वले युवा खोजिरहेको संघमा आवद्ध युवा व्यावसायीहरुको धारणा छ ।
पोखरा-२, मोहोरिया टोलका सन्तोष विजुक्छे पनि अब हरेक क्षेत्रमा युवा नेतृत्व आवश्यक पर्ने बताउँछन् । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि २ प्यानल अहिले घरदैलोमा व्यस्त छ । सोही क्रममा अर्जुन पोखरेल प्यानल सोमबार बिहान बिजुक्छेले सञ्चालन गरेको एस एन सुनचादी दुकानमा पुग्यो । पोखरेलसहित पुगेको जम्बो टोलीमा धेरैजसो नयाँ र युवा अनुहार देख्दा उनी खुसी थिए । युवालाई नेतृत्वमा पु¥याए केही परिवर्तन अवश्य हुने उनको आँकलन थियो । पोखरा उद्योग वाणिज्य संघको सदस्य र पदाधिकारीमा लामो समय काम गरेका अर्जुन पोखरेल युवा अनुभव बटुलेका व्याक्ति भएकाले सबैले साथ दिनुपर्ने उनको तर्क थियो ।
यस्तै पोखरा ३ का बिनोद लिगल पनि युवाले नेतृत्व हाक्नुपर्ने बताउँछन् । बिजुली पसल सञ्चालन गरिरहेका उनले आफ्नो मत सक्षम र अनुभवीलाई रहने बताए । ‘चुनाव हो जे पनि हुन सक्छ तर नेतृत्व युवाले नै लिनुपर्ने आजको आवश्यकता हो,’ उनले भने, ‘अर्जुन जीले नयाँ अनि अनुभवीहरुलाई लिएर टिम बनाउनुभएको छ र केही पुराना पनि छन त्यसैले टिम राम्रो नै लागेको छ ।’
पोखरेल प्यानलले मत माग्दै घरदैलो अभियान सोमबार पनि जारी राखेको छ । टिम बिहानै संघका पूर्व अध्यक्ष बसन्त उदाससँग आशिर्वाद लिएर बागबजारका मतदातासमक्ष पुगेका थिए । उदास आफ्नो टोलमा पोखरेल प्यानलसँगै हिडेका थिए । उनी पनि मतदाताहरुलाई सक्षम व्यक्ति छान्न आग्रह गरिहेका थिए । बागबजारबाट टोली मोहारिया टोल हुँदै भैरव टोल स्थित नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीसँग आशिर्वाद लिन पुगेका थिए । त्यसलगत्तै सो प्यानल नालामुख, बाग्लुङ बसपार्क, गणेशटोल, रामकृष्ण टोल, तेर्सापट्टी, नदीपुर हुँदै बगर पुगेको थियो ।
मत माग्न जाने क्रममा उम्मेद्वारसँग मतदाताहरुले घरभाडा, बैंकको ब्याज लगायत समस्या सुनाएका थिए । पोखरेलको प्यानलले उद्योग वाणिज्य संघलाई बहुतले बनाएर किसान बजार चलाउने देखि भवनबाट आम्दानी गर्ने योजना ल्याएको छ । अन्तराष्ट्रिय संघ संस्था र नेपाल मै खुलेका उद्योग र व्यवसायसँग सम्बन्धित संघ संस्थासँग सहकार्य गर्ने, पोखरामा लगानीमैत्री वातावरण सिर्जना गर्ने, सरकार र नागरिकबीचको पुलका रुपमा काम गर्ने लगायत प्रतिबद्धता पोखरेल समूहको छ ।
उनको समूहबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्रकुमार बाटाजु, माधव बस्ताकोटी, उदयबहादुर केसी (लाहुरे दाइ), दिलिपकुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ, हिमनिधि लौडारी र महेन्द्र पौडेलले उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचारमा लागिरहेका छन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…