
पोखरा । नेपाली कांग्रेसका युवा नेता भानु पराजुलीले कास्की क्षेत्र नं ३ ख प्रदेश सभा सदस्यको लागि दावेदारी प्रस्तुत गरेका छन् । पार्टीको भेलामा उनले आफु उम्मेदवार वन्न योग्य रहेको दावी राखेको प्रदेश सचिव ठाकुर वरालले जानकारी दिए ।सो प्रदेशमा पराजुली सहित १२ जनाले प्रत्यक्षतर्फ उम्मेदवार वन्न आकांक्षा राखेका छन् । कांग्रेसमा लामो समयदेखि पुस्तान्तरणको मुद्दा उठाउंदै आएका पराजुलीले पुराना र पाका नेताहरूलाई अभिभावकीय दायित्वमा रही नेतृत्व हस्तान्तरणमा सहयोग गर्न अपिल पनि गरेका छन् ।
भ्रष्टाचार विरोधी अभियानमा सक्रिय पराजुलीले प्रदेशको दिगो विकास, सुसासन र स्थायित्वका लागि आफ्नो दावी रहेको बताए । अहिले प्रदेश ससदमा जुन वेथिती छ, त्यसले संघियता प्रति वितृष्णा जगाएको छ, प्रदेश सरकारहरूले वित्तीय संघीयताको पक्षमा काम गरेका छैनन् त्यसैले विकास तथा निर्माणको सबै काम स्थानीय तहलाई दिएर नीति तथा कानुन निर्माण र अनुगमनको काम मात्रै संसदले गर्नुपर्छ पराजुलीको आफ्नो तर्क छ । म संसद विकास कोष वनाएर पैसा वाड्ने कुराको विपक्षमा छु, म पुल, सड़क वनाउन संसद जाने होईन गरिव, असहाय, महिला, जनजाती र दलित समुदायको हक़ र अधिकार स्थापित गराउने खालका कानुन वनाउने पक्षमा सदैव वकालत गर्छु, पराजुलीले भने ।
आम कार्यकर्ता नेताको फेर समात्ने, पैसा भए टिकट पाइन्छ भन्ने ग़लत मान्यताका विरूद्ध पनि आफ्नो उम्मेदवारी रहेको पराजुलीको भनाई छ ।
आन्तरिक प्रजातन्त्र, सुशासन र जवाफदेहिता विनाको प्रदेश सत्ताको उपयोगीमात्रै बन्न सक्छ, तर समृद्द प्रदेश निर्माण गर्न सकिन्न, पराजुलीले भने अब हाम्रो पुस्ता गाँउलाई सहर होइन, गाँउलाई गाउँकै रुपमा समृद्ध बनाउने सपना, योजना र ताकत सहित चुनावमा जान तयार रहेको बताउछन् । जनताको काखदेखि दुख, पीर, मर्का झेल्दै आएको निष्ठावान, कर्मशील, क्षमतावान पुस्तावाट अबको चुनावमा उम्मेदवार वन्नपर्छ भन्ने जोड पनि आफ्नो रहेको पराजुलीको दावी छ । नवीन चिन्तन र विचार सहितको म र मेरो पुस्ता अर्थात् क्षमतावान, इमान्दार, योग्य र सदाचारी युवाको सशक्त उपस्थिति आगामी संसदीय चुनावमा हुन जरुरी रहेको उम्मेदवार आकांक्षी पराजुलीले भने । प्रदेश अधिवेशन प्रतिनिधि समेत रहेका पराजुली ने.वि, संघ कास्कीका पुर्व सचिव समेत हुन् ।







सम्बन्धित खवर
















