२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

व्यवसायीको हितमा काम गर्ने दृढ संकल्प लिएका छौं : प्रजापति

पोखरा, २१ भदौ । पवनकुमार प्रजापति समूह सोमबार पोखराको वडा नम्बर १४, १५, ११ र ९ का उद्योगी व्यवसायीहरुको घरदैलोमा पुगेर आफ्नो पक्षमा मत मागेको छ । आसन्न पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनका लागि विभिन्न पदमा उम्मेदवारी दिएका समूहका पदाधिकारीहरु उद्योगी व्यवसायीहरुको घरदैलोमा पुगेका हुन् । संघको जीवन्तता र व्यवसाय विकासका लागि अभियन्ताको नारा लिएर चुनावी मैदानमा आएको यो समूहप्रति उद्योगी व्यवसायीहरुको समर्थन बढ्दै गएको अध्यक्ष प्रत्यासी पवनकुमार प्रजापतिले बताए ।

घरदैलोमा पुग्दा समूहलाई उद्योगी व्यवसायीहरुले बलियो आधार भएको समूहको रुपमा लिएको उम्मेदवारहरुले बताएका छन् । उद्योगी व्यवसायीहरुको दरिलो साथ र समर्थन पाईरहेको कारणले पनि आफूलाई अझै बढि हौसला मिलेको अध्यक्ष प्रत्यासी प्रजापतिले बताए । हाम्रो समूहको आधार र कार्ययोजनालाई लिएर उद्योगी व्यवसायीहरु पनि उत्साहित देखिएका छन् । मैले नेतृत्व गरिरहँदा सम्पूर्ण पदाधिकारी र सदस्यहरुको पनि उत्तिकै सहयोग मिलिरहेको छ । त्यसैले हाम्रो समूहलाई यो पटक पक्कै पनि उद्योगी व्यवसायीहरुले निर्वाचित गर्नुहुनेछ भन्ने कुरामा म विश्वस्त छु । प्रजापतिले भने संघमा रहेर काम गर्ने उत्कट चाहना, सपना र कार्ययोजना नै हाम्रो टिमको जित्ने सबैभन्दा ठुला आधारहरु हुन् ।

घरदैलोमा हिडिरहेको पवनकुमार प्रजापति समूहले उद्योगी व्यवसायीहरुसँग उनीहरुको समस्याको विषयमा पनि जानकारी लिईरहेको छ । मतदाता उद्योगी व्यवसायीहरुसँगै समग्र व्यवासायिक क्षेत्रको विकासका लागि काम गर्ने उद्देश्यसहित आफूहरु अगाडि आएकोले उनीहरुको समस्याको बारेमा प्रस्ट हुनतर्फ आफूहरुले ध्यान केन्द्रित गरिरहेको प्रजापतिले बताए । पछिल्लो समय व्यवसायीहरु विभिन्न कारणले समस्यामा रहेको कुराप्रति आफूहरु सबैभन्दा बढि गम्भिर भएर लागेका छौँ । प्रजापतिले भने त्यसैले तत्काल ती समस्याहरुको समाधानका लागि हामीले कार्ययोजना बनाईरहेका छौँ । विभिन्न १७ बुंदासहित चुनावी मैदानमा होमिएको यो समूहको नेतृत्व गरिरहेका प्रजापतिले कुनै हालतमा संघ र उद्योगी व्यवसायीको पक्षमा काम गर्ने मात्र आफूहरुको दृढ संकल्प रहेको बताए ।

पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनमा प्रजापति समूहबाट वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणी पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्य पदका लागि प्रभा सुवेदी बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग प्रत्यासी छन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…