9Shares

पोखरा, २२ भदौ । भारतीय सेनाध्यक्ष मनोज पाण्डेले भारतीय सेनाका भूतपूर्व नेपाली सैनिक दुई देश बीचको सम्बन्धको आधारस्तम्भका रुपमा रहेको बताएका छन ।

नेपाल भ्रमणमा रहेका पाण्डेले आज पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा आयोजित समारोहलाई सम्बोधन गर्दै भूतपूर्व सैनिकले दुई देशबीचको वर्षौदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका हुन ।

कर्तव्यनिष्ठता, इमान्दारिता नेपाली भूतपूर्व सैनिकको विशिष्टता रहेको उल्लेख गर्दै भूतपूर्व सैनिकको कल्याणकारी योजनाका लागि भारतीय सेना निरन्तर लागिरहेको बताए । भूतपूर्व सैनिकले प्राप्त गर्ने पेन्सन लगायतका सेवा सुविधालाई पनि भारतीय सेनाले सहज र सरल बनाइरहेको बताए।

भारतीय सेनामा ३५ हजार गोर्खा सैनिक सेवारत रहेको र एक लाख २५ हजार भूतपूर्व सैनिक रहेको उनले जानकारी दिए ।

नेपाल र भारतबीच सांस्कृतिक, आहारविहार आदिमा समानता रहेको र खुल्ला सिमानाका कारण दुबै देशका नागरिक सहज रुपमा आवतजावत गर्दै आएको उहाँले बताउनुभयो ।

सो अवसरमा उनले भारतीय सेनामा कार्यरत रहँदा बीरगती प्राप्त गरेको सैनिकका परिवारजनलाई नगद चेक तथा सामाग्री हस्तान्तरण गरेका थिए । साथै उनले दुर्गममा बस्ने भूतपूर्व सैनिकको स्वास्थ्योपचारलाई लक्षित गरी तीनवटा मोवाइल मेडिकल युनिटको चावी हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा सेनाध्यक्ष पाण्डेले भूतपूर्व सैनिक र परिवारजनसँग सिष्टाचार भेट गरेका थिए ।

9Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected