२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

औद्योगिक व्यापार मेला मंसिरको १६ देखि २५ गतेसम्म

पोखरा, २२ असोज । पोखरा उद्योग वाणिज्य संघले औद्योगिक व्यापार मेलाको तयारी थालेको छ । संघले आउँदो मंसिरको १६ देखि २५ गतेसम्म ‘राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ को घोषणा गरिसकेको छ ।
स्वदेशी उत्पादनको प्रवद्र्धन र बजारीकरण, उद्यमशीलता विकास र नवप्रवर्तन तथा नयाँ उत्पादनबारे जानकारी गराउने उदेश्यले मेला आयोजना हुन लागेको हो । कोभिड १९ का कारण दुई संस्करणको मेला स्थगित भएकाले यसपटकको मेलालाई विशेष बनाइने अध्यक्ष पवनकुमार प्रजापतिले बताए ।
पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा आयोजना हुने मेला सम्पन्न गर्न संघका अध्यक्ष पवनकुमार प्रजापतिको संयोजकत्वका कार्यसम्पादन समिति गठन गरिसकिएको छ । सो समितिको अतिथि सत्कार व्यवस्थापन उप-समिति संयोजकको जिम्मेवारी संघका निवर्तमान अध्यक्ष नारायण कोइरालालाई दिइएको छ भने स्टल निर्माण-व्यवस्थापन उपसमितिको संयोजक संघका वरिष्ठ उपाध्यक्ष गोकणर् कार्की रहेका छन् । सुरक्षा व्यवस्थापनको जिम्मेवारी उद्योगतर्फका उपाध्यक्ष देवेन्द्र केसी तथा प्रायोजक व्यवस्थापन वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्यले सम्हाल्ने भएका छन् । प्रचार प्रसारको जिम्मेवारी महासचिव बलराम आचार्यको काँधमा छ । आर्थिक व्यवस्थापनमा संघका कोषाध्यक्ष दीनेशचन्द्र बास्तोला, सांस्कृतिकतर्फ उपमहासचिव शोभा गौतम,पर्यटनमा कार्यसमिति सदस्य प्रभा सुवेदी,बालउद्यानमा कार्यसमिति सदस्य बालकृष्ण कोइराला र प्रकाशन तथा उपहार व्यवस्थापनमा कार्यसमिति सदस्य सुदीप प्रधानाङ्गलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको संघका महासचिव बलराम आचार्यले जानकारी दिए । उनका अनुसार कार्यसमितिका सदस्यहरु भरत केसी, दीलिपकुमार श्रेष्ठ,कृष्णप्रसाद कोइराला,भिम गौतम,माधव बस्ताकोटी र सुदीप ओझालाई क्रमशः स्वास्थ्य,मुलद्धार, खानेपानी तथा वातावरण,स्थानीय समन्वय तथा पार्किङ र टिकट व्यवस्थापन उपसमितिको जिम्मेवारी दिइएको छ ।
हस्तकला उपसमिति संयोजकमा बन्दना केसी कार्की, विद्युत तथा टेलिफोनमा  रामप्रसाद कट्टेल, स्लल बिक्रीमा जीवनप्रकाश श्रेष्ठ, संघ-संस्था व्यवस्थापनमा प्रेमप्रसाद सुवेदी,मञ्च व्यवस्थापन तथा बस्तुगत संघ समन्वयमा लेखनाथ सुवेदी,कृषि व्यवस्थापनमा लिलाधर चपाईं र उद्योग व्यवस्थापन उपसमितिमा युवकबहादुर बस्नेतलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु संयोजक रहेका समितिमा संयोजकले नै बाँकी सदस्य थप गर्ने महासचिव आचार्यले जानकारी दिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…