70Shares

पोखरा । स्वर्गिय टेकनाथ अधिकारीको वार्षिक पुण्यतिथिका दिन पोखरा महानगरपालिकाको एक विद्यालयका विद्यार्थीलाई स्टेशनरी एवं खेलकुद सामग्री वितरण गरिएको छ । लायन्स क्लब अफ पोखरा पिस टाउनको संयोजनमा पोखरा-३१, बेगनासमा अवस्थित आनन्दज्वोती माध्यामिक विद्यालयका आधारभूत तहमा अध्ययन गर्ने ४२ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको हो ।

स्व. अधिकारीका छोरीहरू लायन्स क्लब अफ पोखरा पिस टाउनका पूर्व अध्यक्ष एवं लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका जोन ६ का जोन चेयर पर्सन शोभा अधिकारी पौडेल, पिस टाउनका प्रथम उपाध्यक्ष कान्ती अधिकारी पौडेलले पिता स्वर्गिय टेकनाथ अधिकारीको तेस्रो वार्षिक पुण्यतिथीको दिन पारेर कार्यक्रमको आयोजना गर्नु भएको क्लबका अध्यक्ष सिता तिमिल्सिना सुवेदीले जानकारी दिनुभयो । ।

कार्यक्रममा स्व. अधिकारीका श्रीमती लक्ष्मी अधिकारी र छोरीहरूले डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट मिडिया एवं पब्लिकेशन चिफ टंकराज अधिकारीको बिशेष उपस्थितिमा बिधालय बिधालयका प्रधानाध्यापक शिव अधिकारीलाई बिधालय परिसरमा आयोजित एक कार्यक्रममा स्टेशनरी सामग्री वितरण गरिएको हो । कार्यक्रममा बिधालयका प्रधानाध्यापक शिव अधिकारीले वुवाको स्मृतिमा परिवारले विद्यालयमा स्टेशनरी सामग्री वितरण गर्नु प्रशंसनिय कार्य भएको बताउनु भयो । उहाँले स्वर्गिय टेकनाथ अधिकारी सामजिक व्यक्तित्व भएको जिकिर गर्दै अधिकारीको सपना परिवारले पुरा गरेको बताउनु भयो ।

क्लबका अध्यक्ष सिता तिमिल्सिना सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा छोरीहरू शोभा र कान्ती अधिकारीले आफ्ना पिताले सेवा गरेको बिधालय साथै आफुले माध्यामिक तहसम्म अध्ययन गरेको बिधालयमा सेवाका कार्य गर्न पाउँदा हर्ष विभोर भएको बताउनु भयो । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष सिता कोईराला, क्लबका निर्देशक कल्पना राउत लगाएतको उपस्थिति रहेको थियो । स्व. अधिकारीको निधन २०७६ असोज २७ गते भएको थियो ।

70Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected