
पोखरा । लायन्स क्लब्स् इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याविनेट मिटिङ शुक्रबारदेख़ि पोखरामा हुने भएको छ । २८ र २९ गते पोखरामा हुने क्याविनेट मिटिङको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रमका संयोजक प्रेम दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार २८ गते क्याबिनेट पदाधिकारीहरुको बैठक र २९ गते सम्पूर्ण लायन्स सदस्य सम्मिलित बैठक एस.आर.केसी. ब्याङक्युट माटेपानीमा हुनेछ ।
क्याविनेट बैठक सम्पन्न गर्नका लागि गठन भएका रिजन चेयरपर्सन संयोजक रहेका बिभिन्न ७ उप–समितिका संयोजकहरूले आ–आफना जिम्मेवारी अनुसारको काम सम्पन्न गरेको प्रतिवेदन विहिवार आयोजक समितिको अन्तिम बैठकमा पेश गरिएको थियो । पोखरा क्षेत्रमा रहेका रिजन चेयरपर्सन संयोजक तथा जोन चेयरपर्सन सहसंयोजक र सो माताहातका क्लब अध्यक्ष समितिको सदस्य रहनु भएको थियो ।
क्याविनेट मिटिङमा सहभागी हुनका लागि हालसम्म ७ सय ५० जना लायन्स सदस्यहरूले प्रि–रजिष्ट्रेशन गराई सकेको रजिष्ट्रेशन उपसमितिका संयोजक रिजन १ का रिजन चेयरपर्सन बिष्णु श्रेष्ठले जानकारी दिनुभयो ।
क्याविनेट मिटिङमा डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतका विभिन्न क्लवहरूबाट झण्डै १ हजार ५ सय प्रतिनिधिको सहभागिता रहने अनुमान गरिएको आयोजक क्लव लायन्स क्लब अफ पोखरा अभियानका अध्यक्ष कृष्ण लम्सालले जनाउनु भयो ।
पोखरामा हुने मिटिङले पोखराको आन्तरिक पर्यटन प्रर्वद्धनमा भुमिका खेल्ने डिष्ट्रिक्ट ३२५ आई नेपालकाद्वित्तिय भाइस डिष्ट्रिक्ट गर्भनर बिनोद ढुङगानाले बताउनुभयो । लायन्स क्लवको वर्षभरिमा ४ वटा क्याविनेटमिटिङ गर्नुपर्ने भएकोले हरेक तीन–तीन महिनामा मिटिङ सहित लायन्सहरुले सामाजिक क्षेत्रमा पुर्याएका योगदानहरुको समिक्षा गरिनुका साथै आगामीदिनमा गनुपर्ने कामहरुको बारेमा छलफल गरिने उहाँको भनाइ थियो ।
कार्यक्रममा लायन्स क्लव अन्तराष्ट्रिय आईडि ईन्ड्रोर्सी बालकृष्ण बुर्लाकोटी, एलसिआईएफ एरिया लिड़र राजन लम्साल सहित डिष्ट्रिक्टका अग्रज लायन लिडरहरुको सहभागीता रहने छ । डिष्ट्रिक्ट ३२५ आई नेपालमा १५६ क्लवमा ३ हजार ५ सय भन्दा बढी लायन्स सदस्य आबद्ध छन् ।







सम्बन्धित खवर
















