3Shares

बेनी, २७ असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तरगत म्याग्दीको बेनीमा आज बिहिबारदेखि महिला भलिबल प्रतियोगिता सुरु हुदैछ ।
बेनीको खुल्ला मञ्चमा दिउँसो २ बजे उद्घाटन हुने प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी र सुदुरपश्चिम प्रदेश भिड्दैछन् ।
जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीका अनुसार लिग कम नक आउटमा खेलाईने प्रतियोगिताका लागि सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
सात प्रदेशसहित नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीका खेलाडीहरू बेनीमा आइसकेको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिए ।
समुह १ र २ मा तीन/तीन र समुह ३ र ४ मा २/२ वटा टिम रहेका छन् । पाँच दिनसम्म संचालन हुने प्रतियोगितामा कुल १६ खेल सञ्चालन हुनेछन् ।
महिला भलिबलसँगै शुक्रबारदेखि म्याग्दीमा तेक्वान्दोका खेलहरु समेत सुरु हुदैछन् । प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापक ११ टिमका ६१७ जना म्याग्दीमा आउदैछन् ।

3Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected