२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

महानगरले दियो अन्डरग्राउन्ड पार्किङ हटाउने म्याद तिहारसम्म

पोखरा । पोखरा महानगरपालिकाले व्यवसायी प्रायोजनका लागि प्रयोग गरिएको अन्डरग्राउन्ड पार्किङ तिहारभित्र नहटाए आफैँ हटाउने भएको छ । महानगरले पटक पटक गरि अन्डरग्राउन्डबाट व्यवसायी हटाउन पत्रचार गरेको ४५ दिन पुगेपछि तिहारभित्र हटाउन अन्तिम चेतावनी दिएको छ ।
शुक्रबार पोखरा महानगरपालिकाको प्राविधिक सहितको टोलीले सूचना अनुसार काम भयो की भएन भनी निरिक्षण गर्दै व्यवसायी तथा घर धनीलाई अन्तिम चेतावनी दिएको हो । नगर प्रहरी असई पुरुषोत्म थापाले तिहारसम्ममा नहटाए महानगरआफैले हटाउने बताए । उनले आफुहरुले पहिला सात दिने र पछि ३५ दिने सूचना दिएपनि बीचमा वडा दशैं परेकाले व्यवसायीलाई केही समय दिएको सुनाए । उनले हटाउन निर्देशन दिएको ४५ दिन पुगेपनि नेपालीहरुको महान पर्व दशैं र तिहारलाई हेर्दै तिहारपछि हटाउने निणर्य भएको बताए । ‘निरिक्षणको क्रममा व्यवसायीले हटाउनका लागि व्यवस्थापन गरेको पनि पायौँ । हामीले अहिले ताकेता गर्नुको कारण भनेकै छिटो हट्छकी भन्ने नै हो ।’ उनले भने,‘आज हामी निरिक्षणका साथै चेतावनी समेत दिन आएका हौँ । यदि कसैले अटेरी गर्छ भने हामीले तिहारपछि एक दिन पनि कुर्नेवाला छैनौँ ।’
महानगरले सांकेतिक रुपमा शुक्रबार ४२ वटा व्यवसायीक भवनमा निरिक्षणका साथै चेतावनी दिएको छ । ‘अहिले सांकेतिक रुपमा आएका छौँ । तिहारपछि एक्सनमा जाने हो । जसले हटाउनुभयो भयो, नहटाएमा हामी हटाउने छौँ । हटाउँटा लागेको क्षतिपुर्ति घरधनीले नै व्यहोर्ने हो’ उनले थपेँ,‘हामीले आजपनि भनेका छौँ यदि तिहार अघि हटेन भने त्यसपछि सामानलाई पुगेको क्षति महानगरले व्यहोर्ने छैन् र यसरी हटाउँदा तपाईँहरुले महानगरलाई चार्ज पनि दिनुपर्ने हुन्छ । यहाँ डोजर लाग्छ, जनशक्ति लाग्छ त्यसको खर्च उहाँहरुले नै तिर्ने हो ।’
महानगरभित्र करिब २ सय ५० हारहारीमा अन्डरग्राउन्ड सहितको भवन रहेपनि करिब ४०देखी ५० भवनले भने पार्किङको प्रायोजन गर्ने भन्दै महानगरको सेवा लिएर भवन बनाएपछि त्यहाँ व्यवसायी सञ्चालन गर्दै आइरहेको छ ।
पोखरा महानगरपालिकाका इन्जिनियर सुदिप दवाडीले महानगरमा अन्डरगा्रउन्ड पार्किङ रहेको भवनको गलत प्रयोग भएको भेटिएको बताए । उनले जे प्रायोजनका लागि बनाइएको हो त्यो नभेटिएको सुनाए । उनले महानगरको नियम अनुसार अन्डरग्राउन्ड पार्किङका लागि मात्रै रहेको बताए ।
महानगरले शुक्रबार पोखरा न्युरोड, महेन्द्रपुल,चिप्लेढु®ा, नयाँबजार, सृर्जनाचोक लगायतको क्षेत्रमा निरिक्षण सहित चेतावनी दिएको छ ।
काठमाडौं सुपर टप टेलर संचालन गर्दै आएकी शुकमायाले महानगरले राम्रो काम गरेको र यसमा सबैको सहयोग रहने बताइन् । उनले घरधनीले अन्डरग्राउन्डलाई व्यवसाय प्रायोजन बनाएपछि आफुहरुले व्यवसाय संचालन गरेको सुनाइन् । उनले आफुहरु त्यहाँबाट सर्ने तयारी गरिसकेको समेत बताइन् ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…