२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खेलकुद

पुरुष भलिबलमा पुलिसको विजयी सुरुवात

पोखरा, २८ असोज । जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत घरेलु टोली गण्डकी प्रदेश पुरुष ह्याण्डबलको फाइनलमा पुगेको छ । शुक्रबार सम्पन्न पहिलो सेमिफाईनलको खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ५४-२१ गोल अन्तरले पराजित गरेको हो ।
गण्डकीको जितमा चन्द्र थापाले सर्वाधिक १८ गोल गरे।्का थिए । गण्डकीले विभागीय आर्मी र सशस्त्रबीचको विजेतासँग स्वणर् पदकका लागि शनिबार फाइनल खेल्नेछ ।
महिला भलिबल, एपीएफको विजयी सुरुवात
नवौं राष्ट्रिय खेलकुदको महिला भलिबलमा एपीएफले बिजयी सुरुवात गरेको छ ।
म्याग्दीको बेनीस्थित खेल मैदानमा शुक्रबार भएको खेलमा एपीएफले कणर्ाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
एफीएफले २५-६, २५-०२ र २५-०७ को सेटमा कणर्ालीमाथि जित निकालेको थियो ।
महिला भलिबलमा ७ प्रदेश र ३ विभागिय टोलीको सहभागिता रहेको छ । शुक्रबार हुने तीन खेलमध्ये बागमती प्रदेश र प्रदेश १, नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशका खेल हुँदैछन् ।

टेनिस सुरु
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ एक कार्यक्रमकाबीच टेनिस खेलको सुभारम्भ गरे ।
सदस्य सचिव घिसिङले मुख्य टेनिस प्रशिक्षक रेणुदेवी कोण्डालाई टेनिस बल हस्तान्तरण गरेर प्रतियोगिताको सुभारम्भ गरेका थिए ।
टेनिसमा आयोजक गण्डकी प्रदेश सहित तीन विभागीय, मधेश, लुम्बिनी, बागमती, सुुदुरपश्चिम र एनआरएनए गरी नौ टोलीले भाग लिएका छन् ।
टेनिसमा महिला तथा पुरुष टिम इभेण्ट, महिला डबल्स, पुरुष डबल्स, मिक्स, महिला व्यक्तिगत र पुरुष व्यक्तिगत गरी सात विधामा प्रतिस्पर्धा हुने कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोकबहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगितामा सात स्वणर्, सात रजत र १४ कास्यका लागि ८० जना खेलाडीकाबीच प्रतिस्पर्धा हुनेछ ।
टेनिसमा पुरुषतर्फ नेपालको नम्बर १ वरियताका खेलाडी प्रदीप खड्को गण्डकी प्रदेशबाट र महिलातर्फ शीर्ष वरियताका अभिलाशा विष्ट नेपाली सेनाको टोलीबाट खेल्नेछिन् ।
पोखरा रंगशालामा टेनिसका छ वटा कोर्ट छन् । चार वटामा टेनिस र दुईवटामा सफ्ट टेनिसका खेल हुने कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष नविन चालिसेले जानकारी दिए ।
कार्यक्रममा सदस्य सचिव घिसिङले नीजि क्षेत्रको लगानीमा टेनिसका खेल पूर्वाधार निर्माण हुनु अत्यन्त प्रशंसनीय रहेको बताए । उनले प्रतियोगितामा सहभागी खेलाडीहरुलाई उच्चतम प्रदर्शन गरी विजयको शुभकामना व्यक्त गरे ।
पुरुष भलिबल पुलिसको विजयी सुरुवात
प्रतियोगिता अन्र्तगत पुरुष भलिबलमा विभागीय टिम पुलिसले विजयी सुरुवात गरेको छ ।
साविक विजेता पुलिसले शुक्रबार पोखरा रंगशालास्थित कोर्टमा भएको उद्घाटन खेलमा कणर्ाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
पहिलो सेट २५-१६ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २५-१२ र तेस्रो सेट २५-११ मा सहज जित निकाल्यो । लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा पुलिसले जितसँगै ३ अंक जोडेको छ । शुक्रबारको दोस्रो खेल गण्डकी प्रदेश र वाग्मतीबीच हुने छ ।
पुरुष भलिबलको समूह ‘ए’ मा पुलिस र कणर्ालीसहित लुम्बिनी प्रदेश रहेको छ । सहभागी ११ टिमलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह ‘डी’ मा गण्डकी र वाग्मती प्रदेश छन् ।
प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्ने छन् । तालिकाअनुसार समूह ‘डी’ मा दुई टिममात्र रहेकाले गण्डकी र वाग्मती सीधै क्वाटरफाइनल पुगेका छन् । दुवैले अब समूह विजेता बन्न प्रतिस्पर्धा गर्ने छन् । पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ ।
महिला हक्की
नवौं राष्ट्रिय खेलकुदतर्फ महिला हक्कीको आज भएको दोस्रो दिनको पहिलो खेलमा नेपाल आर्मी विजयी भएको छ ।
आज भएको महिला हक्कीको पहिलो खेलमा नेपाल आर्मीले ८-० को गोल अन्तरले मधेस प्रदेशलाई हराएको हो ।
खेलको पहिलो क्वाटरमा आर्मीकातर्फबाट सीतामाया बलले गोल गर्न सफल भएकी थिइन् ।
खेलको सुरुआतीको ५ मिनेटमै बलले गोल गरेकी थिइन् । त्यस्तै खेलको ७ मिनेटमा आर्मीकैतर्फबाट सीमा खड्काले गोल गरेकी थिइन् ।
खेलको दोस्रो क्वाटरमा सीतामाया बलले पुन एक गोल गरिन् । १८ औं मिनेटमा उनले गोल गरेपछि २४ मिनेटमा आर्मीकैतर्फबाट कमला चन्दले पुनः एक गोल गरिन् ।
त्यस्तै तेस्रो क्वाटरमा सीतामाया र सुनिता नेगीले आर्मीका लागि १-१ गोल गर्न सफल भए । ३९ औं मिनेटमा सुनिताले गोल गरेको एकमिनेट लगत्तै सीतामायाले गोल गरेकी थिइन् ।
अन्तिम क्वाटर फाइलनमा आर्मीकातर्फबाट कमला चन्द र सुनिता नेगीले पुन एक-एक गोल गरेका थिए ।
यो सँगै आर्मीले खेल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । यसपछिको खेल लुम्बिनी र गण्डकी प्रदेश बीच हुँदै छ ।
आइटिएफ तेक्वान्दो भोलिदेखि
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि सुरु हुने आइटिएफ तेक्वान्दोको सबै तयारी पूरा भएको छ ।
बागलुङ सदरमुकामस्थित बाङ्गेचौर कभर्ड हलमा सञ्चालन हुने सो खेलका लागि पूर्वाधार र व्यवस्थापकीय तयारीका काम सकिएको जनाइएको छ ।
प्रतियोगिता व्यवस्थापनका लागि नगरप्रमुख वसन्तकुमार श्रेष्ठको संयोजकत्वमा गठित ५१ सदस्यीय समिति व्यवस्थाकीय तयारीका काममा सक्रिय छ । कभर्ड हलसँगै खुला मैदानमा पनि प्रतियोगिता सञ्चालन हुने जनाइएको छ । कात्तिक २ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका गरी दुई सय ५० खेलाडीले भाग लिनेछन् ।
खेलाडीसहित ४५ रेफ्री, प्रत्येक टिमका प्रशिक्षक, अफिसियल, प्राविधिकलगायत गरी झण्डै तीन सय ५० जना प्रतियोगितामा सहभागी हुनेछन् । अधिकांश टिमका खेलाडी र प्राविधिक बिहीबार नै जिल्लामा आइसकेको प्रतियोगिता व्यवस्थापन समितिले जनाएको छ ।
गण्डकी प्रदेशका आइटिएफ प्रशिक्षक आकाशचन्द्र घर्ती मगरले प्रतियोगितामा एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनमा प्रतिस्पर्धा हुने बताए । विभिन्न उमेर र तौल समूहका खेलाडीले खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रशिक्षक घर्ती मगरका अनुसार हरेक टिमबाट २५ जना खेलाडीले प्रतियोगिता खेल्नेछन् । आइटिएफ तेक्वान्दोमा ४५ स्वणर्, ४५ रजत र ३० कास्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…