19Shares

पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याविनेट बैठकको प्रिक्याविनेट बैठक सम्पन्न भएको  । क्याबिनेट पदाधिकारीहरुको मात्र उपस्थिति रहने बैठकले तिन महिनाका बिचमा लायन्सले सम्पादन गरेका कार्यको समिक्षा गर्दै आगामी एजेण्डाका विषयमा छलफल गरेको थियो विजनेश बैंठकको रुपमा रहेको दोस्रो क्याविनेट बैठकले डिष्ट्रिक्टबाट प्राथमिकताका आधारमा लायन्स अन्तराष्ट्रियमा पेश गर्ने एजेण्डाका विषयमा पनि छलफल गरेको थियो

शनिवार सम्पन्न हुने दोस्रो दिनमा डिष्ट्रिक्टका सम्पूर्ण लायन्स सदस्यहरूको सहभागिता रहनेछ भने डिष्ट्रिक्ट गभर्नरले उत्कृष्ट कार्य गर्ने लायन्स सदस्यलाई अवार्ड वितरण सहित फ़ेलोशिपमा टुंगिने डिष्ट्रिक्ट ३२५ आई नेपालका क्याविनेट सेक्रेटरी हरिराज पन्तले जानकारी दिनु भयो

डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलको अध्यक्षता, एलसिआईएफ एरिया लिडर राजन लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा निवर्तमान मल्टीपल काउन्सिल चेयर पर्सन मनबहादुर रोका, प्रथम द्वित्तिय भाईस गभर्नरद्वय चन्द्रकुमार केसी, बिनोद ढुङगाना, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल लगाएतले गभर्नर बसेलको नेतृत्वमा रहेको डिष्ट्रिक्ट ३२५ आईलाई लायन्स अन्तर्राष्ट्रिय मै गर्व गर्न लायक़ बनाएकोमा धन्यवाद सहित बधाई ज्ञापन गर्नु भएको थियो

एस.आर.केसी. ब्याङक्युट माटेपानी पोखरामा सम्पन्न प्रिक्याविनेट मिटिङमा डिष्ट्रिक्टका १५० क्याविनेट अफिसरको उपस्थिति रहेको थियो भने शनिवार करिव १ हजार जनाको सहभागिता रहने अनुमान गरिएको आयोजक क्लब लायन्स क्लब अफ पोखरा अभियानका पूर्व अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक प्रेम दाहालले जानकारी दिनुभयो ।

बैठकमा डिष्ट्रिक्ट गभर्नर बसेलले क्याविनेट पदाधिकारीले राखेका जिज्ञासाको जवाफ दिनु भएको थियो

19Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected