0Shares

पोखरा, असोज ३१ । आगामी मंसिर ४ गते हुन गैरहेको प्रदेश सभा सदस्य निर्बाचनका लागि ने क पा एमाले को तर्फबाट कास्की निर्बाचन क्षेत्र न ३(ख) का उम्मेदवार राजिव पहारीले विकास प्रेमी जनताको सपना साकार पार्न आफ्नों उम्मेदवारी भएको बताउनुभएको छ ।

‘अघिल्लो कार्यकालमा पूणर्ता दिन नसकेका योजना पुरा गर्न तथा त्यस क्षेत्रका जनतालाई दिएका वाचा पुरा गर्न फेरी पनि मैले यो क्षेत्रमा उम्मेदवारी दिएको हुँ’-प्रेस चौतारी कास्कीले उम्मेदवारसंग गरेको उम्मेदवारी परिचर्चा कार्यक्रममा उहाँले भन्नुभयो ।

जनचाहना अनुसार थुप्रै महत्वपूणर् योजनाहरु अघि ल्याएको भएपनि सरकार फेरबदल भएकाले आफ्ना विकासे योजनाहरु अधुरै रहेको उम्मेदवार पहारीले सुनाउनुभयो । आफ्नों निर्वाचन क्षेत्र पर्यटन, साँस्कृती, धार्मिक दृष्टिकोणले महत्वपूणर् क्षेत्र भएको बताउँदै पहारीले यसपटक निर्वाचित भएपछि अधुरा कार्यलाई पूणर्ता दिंदै नयाँ विकासे योजना ल्याउने दावी गर्नुभयो । पहारीले प्रदेश सभा अन्तर्गत विधान सभा समिति र कार्यविभाजन समितिमा रहि सफल कार्य सम्पादन गरिसक्नुभएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected