1Shares

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्स ४ सय मिटर दौडमा २ नयाँ कीर्तिमान कायम भएको छ । पोखरा रंगशालामा मंगलबार बिहान भएको ४ सय मिटर पुरुष महिला दौडमा २ कीर्तिमान बनेका हुन् ।
पुरुषतर्फ आर्मीका सोमबहादुर कुमालले ४७.९५ सेकेन्डमा पार गर्दै कीर्तिमानसँगै स्वणर् पदक जितेका हुन् ।
उनले सन् १९९० मा चीनको वेजिङमा भएको खेलमा आशाराम चौधरीले बनाएको रेकर्ड तोडेका हुन् । चौधरीले ४८.३२ सेकेन्डमा दुरी पार गर्दै कीर्तिमान कायम गरेका थिए ।
सशस्त्र प्रहरी बल एपीएफका आशिष चौधरीले ४९.४० सेकेन्डमा पूरा गर्दै रजत पदक जिते । आर्मीका प्रकाश दनुवारले ४९.९० सेकेन्डमा दुरी पूरा गर्दै काँस्य पदक जिते ।
महिलातर्फ एपीएफकी रमिताकुमारी थारैले ५८.१० सेकेन्डमा ४ सय मिटर दुरी पूरा गर्दै नयाँ कीर्तिमान कायम गरिन् । उनले २०१९ मा चीनमा भएको खेलमा तुलसा खत्रीले बनाएको रेकर्ड तोडेकी हुन् । तुलसाले ५९.५७ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी थिइन् ।
आर्मीकी निर्मला थापाले रजत र एपीएफकी कल्पना श्रेष्ठले काँस्य पदक जित्न सफल भए । थापाले १ मिनेट ०.१४ सेकेन्ड र श्रेष्ठले १ मिनेट ०.७० सेकेन्डमा दुरी पूरा गर्दै पदक जिते ।
महिला बक्सिङ ८ जना फाइनलमा
सोमबारसम्म बक्सिङ प्रतियोगिता अन्र्तगत महिलातर्फ ८ खेलाडी फाइनलमा पुगेका छन् । यस्तै, ६ जना सेमिफाइनलमा पुगेका छन् ।
४८ केजी समूहमा आर्मीकी आरती बोमजमलाई हराउँदै बागमतीकी सुष्मा तामाङ फाइनलमा पुगेकी हुन् । तामाङले ५ अंक प्राप्त गरेकी थिईन ।
अंक ५० केजी तौल समूहमा पुलिसकी दिवाना शर्माले ५ र बागमतीकी अस्मिता दुवालले समान ५/५ अंक, ५२ केजी तौल समूहमा बागमतीकी अञ्जली तेलीले ४.१ र आर्मीकी मिनु गुरुङ ४.१ अंक प्राप्त गरिन ।
५४ केजी तौल समूहमा आर्मीकी वर्षा श्रेष्ठले ५ अंक प्राप्त गर्दै फाइनलमा पुगेकी छन् ।
६३ केजी तौल समूहमा लुम्बिनीकी सावित्रा बुढा मगर अस्वस्थ भएपछि एपीएफकी माया चौधरी अकौ चरणमा पुगीन ।
६६ केजी समूहमा एपीएफकी विनिता मगर र बागमतीकी निस्मा गुरुङ सगै ६९ केजी समूहमा आर्मीकी अनुपा चौधरी सेमीफाइनलमा पुगे । आर्मीकी सोनम रोकालाई हराउँदै ७५ केजी समूहमा प्रदेश १ की त्रिशा जागिबु र गण्डकीकी अस्मिता बास्नेतलाई हराउँदै एपीएफकी मनिता राईले सेमिफाइनलमा स्थान बनाईन ।
तेक्वान्दोमा विभागीय टिम हावी
विभागीय टिम नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी र नेपाल आर्मीले नवौले तेक्वान्दाका पदकमा वर्चश्व कायम गरेका छन् ।
तीन वटै विभागीय टिमले सोमबार सम्पन्न खेलबाट दुई/दुई वटा स्वणर् पदक थपे । बेनीको कालीपुल कवर्डहलमा सञ्चालित प्रतियोगिताको चौथो दिन सोमबारसम्म १६ वटा इभेन्ट्स सकिँदा नेपाल प्रहरी क्लबले आठ वटा स्वणर् स्वणर् पदक जितेको छ । हालसम्म नेपाली सेनाले पाँच, शसस्त्र प्रहरीले दुई र मधेश प्रदेशले एक वटा स्वणर् पदक जितेका राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक हिरा थापाले जानकारी दिए ।
प्रहरीले तीन, सेनाले ६, शसस्त्रले दुई, लुम्बिनीले दुई, सुदूरपश्चिम, मधेश प्रदेश र एनआरएनले एक/एक वटा रजत पदक जितेका छन् ।
गण्डकी र प्रदेश १ ले सात/सात, सशस्त्रले ६, मधेश र बागमतीले तीन/तीन, लुम्बीनी र सेनाले दुई/दुई, पुलिस र कणर्ालीले एक/एक वटा काँस्य पदक जितेका प्रशिक्षक थापाले जानकारी दिए ।
महिला ४६ केजीतर्फ सेनाकी काजल श्रेष्ठ, महिला ६७ केजीमा प्रहरीकी इन्दिरा बस्नेत, महिला ७३ केजीमा सेनाकी नम्रता तुलाधर, पुरुष ८७ केजी भन्दा बढीको तौल समूहमा सशस्त्रका भीमबहादुर खड्का, महिला ७३ केजी भन्दा बढीको तौल समूहमा सशस्त्रका सुस्मिता गुरुङ, पुरुष ८० केजीमा प्रहरीका अभिषेक बरालले स्वणर् पदक दिलाएका छन् ।
महिला ४६ केजीमा सुदूरपश्चिमका झरना नाथले रजत, सशस्त्रका वर्षा थापा र बागमतीका रोशनी श्रेष्ठले काँस्य, महिला ६७ केजीमा सेनाकी ग्यानी चुदाँराले रजत, प्रदेश १ की सविना माझी र सशस्त्रकी सोरन गुरुङले काँस्य र महिला ७६ केजीमा एनआरएनएकी सुमित्रा खत्रीले रजत, लुम्बिनीका सुष्टि सुर्तुङ्गा मगर र सशस्त्रकी रेजिना पार्कीले काँस्य पदक जितेका छन् ।
पुरुष ८७ केजीभन्दा बढीको तौल समूहमा प्रहरीका आसुतोष बरालले रजत, गण्डकीका निरजबहादुर नेपाली र मधेशका विकास तामाङले काँस्य, महिला ७३ केजी भन्दा बढीको तौल समूहमा सेनाका प्रतिज्ञा भण्डारीले रजत, कणर्ालीकी इला केसी र मधेशका प्रवली बस्नेतले काँस्य र पुरुष ८० केजी तौल समूहमा सेनाका जक्की यादवले रजत, शसस्त्रका जनकबहादुर जोशी र मधेशका पवनकुमार श्रेष्ठले काँस्य पदक जितेका छन् ।
२२ वटा इभेन्टका खेल हुने प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुँदै छ । असोज २८ गतेदेखि शुरु भएको प्रतियोगितामा आठ वटा इभेन्ट्सको खेल सञ्चालन गर्न बाँकी छ । सात वटा प्रदेश, तीन वटा विभागीय र गैरआवासीय नेपाली संघ (एनआरएनए)का ३३० जना खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका तेक्वान्दो खेल प्रशिक्षक कणर् प्रधानले बताए । स्वणर् र काँस्य २२/२२ तथा ४४ वटा रजत पदकका लागि प्रतिस्पर्धा हुनेछन् ।
कबड्डीमा लिग चरणका १२ खेल हुँदै
कबड्डी प्रतियोगितामा आज (मंगलबार) पनि महिला तथा पुरुष विधामा लिग चरणका ६/६ खेलहरु हुँदै छन् ।
जसअन्र्तगत महिलातर्फ प्रदेश १ र कणर्ाली प्रदेश, त्रिभुवन आर्मी र सुदूरपश्चिम प्रदेश, नेपाल प्रहरी क्लब र लुम्बिनी प्रदेश, मधेश प्रदेश र सशस्त्र प्रहरी बल, प्रदेश १ र गण्डकी प्रदेश र अन्तिम खेलमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश आम्नेसाम्ने हुनेछन् ।
पुरुषतर्फ बागमती प्रदेश र मधेश प्रदेश, आर्मी र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सशस्त्र प्रहरी बल, कणर्ाली प्रदेश र प्रदेश नम्वर १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश र अन्तिम खेल नेपाल प्रहरी र गण्डकी प्रदेशका बीचमा खेलाइने अखिल नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापतिले जानकारी दिए ।
यसअघि, सोमबार भएको प्रतियोगितामा पुरुषतर्फ बागमती प्रदेश, आमी, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कणर्ाली प्रदेश र गण्डकी प्रदेश विजयी भएका थिए ।
यस्तै महिलातर्फ लुम्बिनी प्रदेश, आर्मी, नेपाल प्रहरी, लुम्बिनी प्रदेश, बागमती प्रदेश र सशस्त्र प्रहरी बल विजयी भएका थिए ।
लिग कम नकआउटका आधारमा जारी प्रतियोगितामा सात प्रदेश र ३ वटा विभागीय गरी १० टिमको महिला तथा पुरुष दुवै समूहमा सहभागिता रहेको छ ।
जस अन्र्तगत समुह ‘क’ मा त्रिभूवन आर्मी क्लव, कणर्ाली प्रदेश, प्रदेश नम्वर १, नेपाल प्रहरी र गण्डकी प्रदेश रहेका छन् । यस्तै समुह ‘ख’ मा लुम्बिनी प्रदेश, बाग्मती प्रदेश, मधेश प्रदेश, सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरी बल छन् ।
महिलातर्फ समूह ‘क’ मा नेपाली सेना, मधेश प्रदेश, सशस्त्र प्रहरी वल, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश छन् । यस्तै समुह ‘ख’ मा नेपाल प्रहरी, प्रदेश १, गण्डकी प्रदेश, कणर्ाली प्रदेश र लुम्बिनी प्रदेशलाई विभाजन गरिएको छ ।
प्रतियोगिता पोखरा १२ माटोपानीस्थित एसआर केसी क्याटरिङमा जारी छ ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected