नवौं राष्ट्रिय खेलकुद ः कबड्डी पुरुषतर्फ आर्मी र लुम्बिनी फाइनल प्रवेश, सुदुर पश्चिम र प्रहरीलाई कास्य
- October 20, 2022
- 1575

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्र्तगत कबड्डी पुरुषतर्फ त्रिभूवन आर्मी क्लव र लुम्बिनी प्रदेश फाइनल प्रवेश गरेका छन् ।
बुधबार सम्पन्न सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लवले सुदुर पश्चिम प्रदेशलाई ३६ – २१ पोइन्टले पराजित गर्दै फाइनल प्रवेश गर्दा अर्को खेलमा लुम्बिनी प्रदेशले नेपाल प्रहरी क्लवलाई २७-१० पोइन्टले पराजित गर्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।
फाइनल चरणमा प्रवेश गरेका आर्मी र लुम्बिनीले लिग चरणका खेलमा अपराजित रहँदै समुह विजेता घोषित भए ।
प्रतियोगिताम सुदुर पश्चिम प्रदेश र नेपाल प्रहरी क्लवले समान ३ जित र २ पराजय वेहोदै समुह उपविजेता बन्दै कास्यमा सिमित हुन पुगे ।
यसअघि, आज नै सम्पन्न भएको लिग चरणको अन्तिम खेलमा त्रिभूवन आर्मी क्लवले प्रदेश नम्वर १ लाई ३७ -११ पोइन्टले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्दा सुदुरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशसँग ४४-२६ पोइन्टले पराजित बेहारेपनि सेमिफाइनलमा यसअघिका प्रर्दशनका आधारमा सेमिफाइनमा स्थान बनाएको थियो भने नेपाल पुलिसले मंगलबारको खेलमा गण्डकी प्रदेशलाई ५८-५४ पोइन्टले पराजित गर्र्र्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।
आज नै भएको लिग चरणको खेलमा मधेश प्रदेशले सशस्त्र प्रहरीलाई ४०-३७ पोइन्टले पराजित गरेपनि दुवै टिम बाहिरीन पुगे ।
यसअघि प्रतियोगितामा बाग्मती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश भने मंगलबारनै बाहिरी सकेका छन् ।
यस्तै, महिला कबड्डीतर्फ त्रिभूवन आर्मी क्लव र नेपाल प्रहरी क्लव फाइनल प्रवेश गरिसकेका छन् ।
बुधबार सम्पन्न सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लवले लुम्बिनी प्रदेशलाई २३- ६ पोइन्टले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यस्तै अर्को विभागिय टोली नेपाल प्रहरी क्लवले सशस्त्र प्रहरी बललाई ३२- २९ पोइन्टले पराजित गर्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।
फाइनल चरणमा प्रवेश गरेका आर्मी र नेपाल प्रहरीले लिग चरणका खेलमा अपराजित रहँदै समुह विजेता घोषित भए ।
प्रतियोगितामा लुम्बिनी प्रदेश र सशस्त्र प्रहरी बलले समान ३ जित र २ पराजय वेहोर्दै समुह उपविजेता बन्दै कास्यमा सिमित हुन पुगे ।
प्रतियोगिता अन्र्तगत भोलि (बिहीबार) बिहान ८ बजे स्वर्ण र रजत पदकका लागि पुरुषतर्फ त्रिभूवन आर्मी क्लव र लुम्बिनी प्रदेश आम्नेसाम्ने हुँदा महिलातर्फ त्रिभूवन आर्मी क्लव र नेपाल प्रहरी क्लवविच उपाधीका लागि प्रतिस्पर्धा हुनेछ ।
आर्मी यसअघि सातौं र आठौं राष्ट्रिय खेलकुदमा पुरुष तथा महिला कबड्डीको दुवैमा स्वर्ण विजेता हो ।
प्रतियोगितामा महिला तथा पुरुषमा गरि सात प्रदेश र ३ विभागिय गरि समान १० टिमको सहभागिता रहेको थियो ।







सम्बन्धित खवर
















