२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

देशमा समृद्धि ल्याउन एमालेको जित अनिवार्य : गुरूङ

पोखरा । नेकपा (एमाले) को तर्फबाट कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरूङले आफ्ना जनता नै न्यायाधीश भएको बताएका छन् । सबैको चासो, गुनासो र आशालाई पूरा गर्ने पार्टी एमाले मात्रै भएको बताउँदै उनले जनताले नै न्यायाधीश भएर निर्वाचनमा एमालेलाई जिताउने विश्वास व्यक्त गरे ।

मादी गाउँपालिका वडा नम्वर १०/११ मा उम्मेदवार भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै गुरूङले गठबन्धनले देशमा समस्या मात्रै सिर्जना गरेको बताउँदै देशमा समृद्धि ल्याउन एमालेको जित अनिवार्य भएको स्पष्ट पारे ।

एमाले कास्कीका अध्यक्ष समेत रहेका उनले एमाले सबैको साझा पार्टी भएको बताउँदै मंसिर ४ गते हुने निर्वाचनमा तुलनात्मक रूपमा एमालेले राम्रो नतिजा ल्याउने दावी गरे ।

स्थानीय धनबहादुर कार्कीले विकास गर्ने पार्टी नै एमाले भएकोले सबै मिलि एमालेका उम्मेदवारलाई अत्यधिक मतले विजय गराउने आजको आवश्यकता भएको उल्लेख गर्दै सबै स्थानीयलाई सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे ।

एमाले उम्मेदवारहरूले आज वाचोक, बरालडाँडा, उपल्लो साप्ले लगायत ठाउँमा घरदैलो भएको थिए ।

अन्य राजनीति पार्टी भन्दा तुलनात्मक रूपमा एमाले बलियो रहेको यस क्षेत्रमा अहिले एमाले उम्मेदवारहरुले भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन् ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…