133Shares

पोखरा । लायन्स क्लब अफ पोखरा अभियानद्वारा आयोजित पिस पोष्टर प्रतियोगितामा सुमन गैह्रे प्रथम भएका छन् । ‘लिड विथ कम्प्यासन’ भन्ने थिममा दुईटा विद्यालयका १७ जना सहभागी विद्यार्थीहरुमध्ये समता शिक्षा निकेतनका छात्र सुमन गैह्रे प्रथम, छात्रा जेनिशा गुरुङ द्वित्तिय र अक्सफ़ोर्ड स्कूलका
हिमाल गुरुङ तृत्तिय भएका थिए । प्रतियोगितामा विजेता एवं सहभागीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो।
लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत रहेको सशक्त क्लब, अभियानले स्थापना काल देखि नै विभिन्न सामाजिक तथा मानविय सेवाका कार्यहरु गर्दै आएको छ । क्लबले पोखरा महानगरपालिका वडा नं. ५ प्रस्यांग स्थित समता शिक्षा निकेतनमा सुक्रवार उक्त कार्यक्रम गरेको हो ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै क्लबका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक्ट ३२५ आई नेपालका द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाले लायन्स क्लबले विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा प्रफुष्टन गराइ प्रतिष्पर्धात्मकवाट समाजमा सकारात्मक सोचको विकास गराउन पिस पोष्टर कार्यक्रमले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
लायन्स क्लब अफ पोखरा अभियानका अध्यक्ष कृष्ण लम्सालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा डिष्ट्रिक्ट चिफ विष्णु प्रसाद ढुङगाना, रिजन चेयरपर्सन प्रेम दाहाल बिध्यालयका प्रधानाध्यापक झलक प्रसाद शर्मा पौडेल, क्लब सचिव कृष्ण नेपाली लगायतले पिस पोस्टरको महत्व बारे प्रकाश पारेका थिए ।

133Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected