२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

घट्टेखोला–धम्पुस सडक कालोपत्र गर्ने एमाले उम्मेदवारको प्रतिवद्धता

पोखरा । नेकपा एमालेका कास्की क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा उम्मेदवार दामोदर पौडेल बैरागी र ३ (क) का उम्मेदवार गणेशमान गुरुङले चुनाव जितेपछि घट्टेखोलाबाट धम्पुससम्म पुग्ने सडक कालोपत्र गर्ने प्रतिबद्धता जनाएका छन् ।
चुनावी घरदैलोका लागि शनिबार माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस पुगेका उम्मेदवारद्धयसँग मतदाताले पोखरा–बागलुङ राजमार्गको घट्टेखोलादेखि गाउँसम्मको बाटो कालोपत्र गर्न आवश्यक रहेको बताएका थिए । त्यसमा उम्मेदवारद्धय वैरागी र गुरुङले आफुहरुले जितेर गएपछि उक्त काम पुरा गर्ने प्रतिवद्धता जनाएका हुन् । ‘यहाँबाट पढ्न, जागिर गर्न पोखरा जानेहरू हुनुहुन्छ । उहाँहरुलाई त दुरी जति कम भयो त्यति सहज हुन्छ मैले बुझेको छु ।’ प्रतिनिधि सभा उम्मेदवार वैरागीले भने–‘पर्यटक आउजाउ गर्न, गाउँकै मान्छे बजार आउजाउ गर्न, यहाँको उत्पादन पुर्याउन पनि सहज हुन्छ थाहा छ । जिताएर पठाएपछि बाटो पिच गर्ने काम हुन्छ, ढुक्क हुनुस् ।’
पछिल्लो समय नेपालीको घुम्ने बानी विकास भएको भन्दै उनले अब धम्पुसमा अझै पर्यटक भित्र्याउने योजना ल्याउन लाग्नुपर्ने बताए । ‘यहाँ पाहुना कसरी ल्याउने, बढाउने भन्ने सुरुमा स्थानीयले सोच्नुपर्छ । त्यहीअनुसार लागेपछि सरकारले पनि हेर्छ ।’ वैरागीले भने–‘मैले जितेँ भने यहाँको घट्टेखोलादेखि धम्पुस आउनेसम्मको बाटो कालोपत्रे गरेर छोड्छु ।’
प्रदेशसभा उम्मेदवार गणेशमान गुरुङले आफु धम्पुसको स्थानीयको हैसियतले पनि धम्पुसमा पर्यटन प्रवद्र्धन र समग्र धम्पुसको विकासको लागि कुनै कसुर बाँकी नराख्ने वचन दिए ।
उम्मेदवारद्धय बैरागी र गुरुङले शनिबार नै माछापुच्छ्रे–६ धितालका मतदातासँग पनि भेटघाट गरेका छन् । त्यहाँ आफूले होमस्टे पर्यटन प्रवर्द्धन गर्न आवश्यक देखेको उनीहरुले बताए । प्रदेशको पर्यटन मन्त्रालयसँग होमस्टे प्रवर्द्धनका कार्यक्रम भएकाले समन्वय गरेर होमस्टे विकासमा अझै काम गर्न सकिने उनीहरुले स्थानीयसँग बताए । जितेपछि आफूले गाउँका सडक पूर्वाधारसहित अन्य समस्या समाधान गर्न संघमा रहेर भूमिका खेल्ने प्रतिनिधि सभा उम्मेदवार बैरागीले बताए ।
कास्की ३ मा प्रतिनिधिसभामा दामोदरसहित प्रदेश सभा ३(१)मा गणेशमान गुरुङ र प्रदेश सभा ३ (२)मा राजीव पहारी उम्मेदवार छन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…