
पोखरा, १५ मङ्सिर । नेपाली कांग्रेस कास्कीले पार्टीभित्र अन्तरघात गर्नेलाइ कारबाही सिफारिस गर्ने भएको छ ।
नेपाली कांग्रेस कास्कीको आज बसेको बैठकले मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका अन्तरघातीलाई कारवाही सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकमा पदाधिकारी एवं सदस्यहरुले पार्टीभित्र अन्तरघात बढेको प्रति चिन्ता व्यक्त गर्दै चर्को आवाज उठाएका थिए ।
बैठकले अन्तरघातका सम्बन्धमा प्राप्त प्रमाणका आधारमा पार्टी केन्द्रिय कार्य समिति समक्ष सिधै सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

अन्तरघात गर्नेको खोजी गरी कारबाही गर्न चर्को दबाबबीच केही प्रमाणहरु प्राप्त भएको कास्की काँग्रेसले बताएको छ । प्राप्त प्रमाणका आधारमा मात्र कारबाहीका लागि सिफारिस गरिने नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बताए ।
बैंककले निर्वाचनमा मतदान गर्ने मतदाता , निर्वाचन सम्पन्न गर्ने निर्वाचन आयोग, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी समेतलाई धन्यवाद व्यक्त गरेको छ ।
त्यस्तै पाँच दलीय गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित विन्दुकुमार थापा र प्रकाश बराल सहित निर्वाचित सम्पूर्णलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । बैठकले पार्टीका निवर्तमान सभापति कृष्ण केसी विरुद्ध गरिएको नाराबाजी प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्ता गतिविधि नगर्न समेत सचेत गराएको छ ।
बैठकले पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार हुनु भएका सबै उम्मेदवारहरु र पालिकाका प्रत्येक वडा कार्यसमितिसग निर्वाचन अवधिभर भए गरेका गतिविधि र घटनाक्रमहरुलाई समेटेर जिल्ला कार्यसमिति कास्कीमा प्रतिवेदन पेश गर्नका लागि अनुरोध गर्ने निर्णय गरेको छ । बैठक नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा भएको थियोे ।







सम्बन्धित खवर
















