
पोखरा/ पोखरा–२२, पुम्दी घर भइ हाल अमेरिका निवासी शोभाकान्त वराल र उहाँका परिवारद्वारा पोखरास्थित मानव सेवा आश्रम छोरेपाटनमा आश्रितहरुका लागि एक छाक खानाको व्यवस्था गरेका छन् ।
लायन्स क्लब अफ पोखरा पिस सिटीको संयोजनमा सोमवार हाल अमेरिका रहनु भएका बरालले स्वर्गिय माता मन्धरी वरालको वार्षिक पुण्य तिथि एवं स्वर्गिय पिता चुडामणी वराल सहित सम्पूर्ण पितृको मोक्षको कामना गर्दै मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रमको आयोजना गरिएको बरालका आफन्त एवं लायन्स क्लब अफ पोखरा पिस सिटीका पूर्व अध्यक्ष अर्जुन सिग्देलले बताए ।
लायन्स क्लब अफ पोखरा पिस सिटीका अध्यक्ष हरिप्रसाद अधिकारी मार्फ़त एक छाक खाना बराबरको नगद १० हजार रुपैया आश्रम कास्कीका सहसंयोजक सम्झना बर्तौलालाई हस्तान्तरण गरेका छन् ।
आश्रममा हाल ६६ जना महिला तथा बालबालिका आश्रित छन् । आश्रमबाट एक वर्षअघि करिव १ सय जना बृढ बुबाहरुलाई पोखरा २५ हेमजास्थित आश्रममा सारिएको छ भने छोरेपाटन आश्रममा हाल महिला र आश्रित बालबालिकासहित ६६ जना रहेका सहसंयोजक बर्तौलाले जानकारी दिएकी छन् ।














