
पोखरा । पोखरा–१७, छोरेपाटनस्थित मानव सेवा आश्रममा रहेका वृद्धवृद्धाहरुलाई तमु समाज इजराइलले सोमवार ब्लाङकेट वितरण गरेको छ ।
आश्रममा बस्दै आएका ६० जना बृद्धहरुलाई सल्यान पोखरा तमु समाजका अध्यक्ष देउकाजी गुरूङ, अन्नपूर्ण गाउँपालिका कास्की वडा नं. ४ का वडा सदस्य विजय गुरूङ, समाजसेवी श्याम गुरूङ, सलमान गुरूङ, हिमाल गुरूङ, सुधांशु गुरूङ, मोहन गुरूङले ६० थान ब्लाङकेट हस्तातरण गरेका हुन् ।
घर परिवारबाट बिभिन्न कारणले विस्थापित भई आश्रय स्थलमा बस्दै आएका बृद्धहरुलाई सहयोग गर्ने उदेश्यले चिसो मौसममा ओडनको निम्ति ब्लाङकेट वितरण गरिएको तमु समाज इजराइलका प्रतिनिधि श्याम गुरूङले बताए ।
आश्रममा हाल ६६ जना महिला तथा बालबालिका आश्रित छन् । आश्रमबाट एक वर्षअघि करिव १ सय जना बुबाहरुलाई पोखरा २५ हेमजास्थित आश्रममा सारिएको छ भने छोरेपाटन आश्रममा हाल महिला र आश्रित बालबालिकासहित ६६ जना रहेका सहसंयोजक सम्झना बर्तौलाले जानकारी दिएकी छन् ।














