
पोखरा भ्यूज
१ पुस, पोखरा। सुनका गरगहना चोरीको अभियोगमा कास्की प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पर्वतको मोदी गाउँपालिका वडा नं। ६ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठले पोखरा बजारका विभिन्न स्थानबाट सुनका गहना चोरी गरेको अभियोगमा प्रक्राउ परेकी हुन् ।
पीडितहरुले अपरिचित एक महिलाले गहना चोरी गरेको उजुरी दिएपछि रामबजारबाट खटिएको प्रहरीको विशेष टोलीले श्रेष्ठलाई बुधबार पक्राउ गरेको हो ।उनमाथि पोखरा बजारका विभिन्न स्थानबाट वृद्धा महिलाहरुको घरमा परिवारका अन्य सदस्यहरु नभएको मौका पारी सुनका गहना र नगद चोरेको अभियोग लागेको प्रहरीको भनाइ छ ।
उनको साथबाट सुनका गहना र नगदसमेत बरामद भएको छ । उनलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।














