२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खेलकुद

टाइगर कप भलिबल : महिलातर्फ आर्मी र एपिएफ तथा पुरुषतर्फ पुलिस र एपिएफ विजयी

file photo

पोखरा । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को तेश्रो दिन विभागिय टोलीको बर्चश्व जारी रहेको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा खेलको तेश्रो दिन मंगलबार सम्पन्न खेलहरुमा विभागिय टोलीहरुको बर्चश्व जारी रहेको छ । तेश्रो दिन जारी खेलमा महिलातर्फको दुवै खेलमा विभागिय टोलीको बर्चश्व रह्यो । एपिएफले होङवान्जी न्यू
डायमण्डलाई ३-० को सोझो सेटमा पराजित गर्दा दोश्रो खेलमा घरेलु टोली गण्डकी त्रिभुवन आर्मी संग सोझो ३-० ले पराजित हुन पुग्यो ।

पहिलो खेलमा एपिएफले न्यू डायमण्ड विरुद्ध २५-१५, २५-२० र २५-७ ले जित्यो । उक्त खेलमा एपिएफकी प्लेयर अफ दि म्याच एपिएफकी सरस्वती चौधरी घोषित हुँदा वेष्ट स्पाइकरमा निरुता ठगुन्ना घोषित भइन ।

दोश्रो खेलमा नेपाल आर्मीले गण्डकीलाई २५-१०, २५-१६ र २५-१६ ले पाखा लगायो । उक्त खेलमा आर्मीकी सोफिया पुन प्लेयर अफ दि म्याच हुँदा वेष्ट स्पाइकरमा सुनिता खड्का भइन ।

महिलातर्फ नेपाल आर्मीको त्रिभुवन क्लव र एपिएफ क्लवले २-२ खेलबाट समान ६-६ अंङक बटुलेको छ भने न्यू डायमण्ड र गण्डकीले कुनै खेल जित्न सकेका छैनन् ।

यता आजनै पुरुष तर्फको खेलमा नेपाल पुलिसले सेन्ट जोशेफ वाज स्पोर्टस क्लब श्रीलंकालाई ३-२ को सेटमा पराजित गरेको छ । खेलमा नेपाल पुलिसले पहिलो दुई सेट श्रीलंकालाई सुम्पिए पनि पछिल्ला तिनसेटमा खेलमा फकिंदै महत्वपूणर् ३ अंक बटुलेको छ । पहिलो र दोश्रो सेट १९-२५ र २३-२५ ले श्रींलकाको पाहुना टोलीलाई सुम्पिएको पुलिसले पछिल्ला तिन २५-२३, २५-१९ र २५-१३ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

त्यस्तै अर्को एक खेलमा आयोजक गण्डकी शसस्त्र प्रहरी संग हार व्यहोरेको छ । खेलमा पहिलो सेट २५-१९ ले आफ्नो पक्षमा पारेको एपिएफले २५-२३ ले दोश्रो सेट जित्दै गण्डकीलाई दबावमा राखे पनि तेश्रो सेट २५-२० ले गण्डकीले आफ्नो पक्षमा पारेको थियो । त्यस्तै चौथो सेटमा २५-१९ ले एपिएफले खेल जित्यो । खेलमा एपिएफका विजय थापा प्लेयर अफ दि म्याच र वेष्ट स्पाइकर टेकराज अवस्थी घोषित भए ।

प्रतियोगितामा महिलालतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लव, गण्डकी प्रदेश, शसस्त्र प्रहरीवलको एपिएफ क्लव, र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लब रहेका छन् ।

यसै गरी पुरुषतर्फ नेपाल आर्मीको त्रिभुवन आर्मी, सेन्ट जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीवलको एपिएफ क्लव, गण्डकी प्रदेशको टिमको सहभागिता रहने छ ।

गत वर्ष सम्पन्न दोश्रो संस्करणमा महिलातर्फ एपिएफ क्लबले उपाधि हात पारेको थियो भने पुरुषतर्फ गत सस्करणको उपाधि विजेता नेपाल आर्मी रहेको थियो ।

आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशी दोब्बर बनाएकोे छ । महिला-पुरुष दुवैतर्फ उपाधी विजेता टिमहरुलाई रु ५-५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा हरेक दिनको खेलमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजार र ३ हजार बराबरको स्वास्थ्य परिक्षण कुपन भौचर प्राप्त गर्ने छन् ।

त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक-एक खेलाडीले जनही समान नगद रु २५-२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०-१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता सफल बनाउन आयोजक सस्था टाइगुर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माको नेतृत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति र उपाध्यक्ष देवेन्द्र केसीको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ ।

माघ १४ गते सम्म सञ्चालन हुने प्रतियोगिताको दोश्रो दिन माघ ९ गते महिलातर्फ घरेलु टोली गण्डकी प्रदेशले साविक विजेता एपिएफ क्लवको सामना गर्नेछ । त्यसै गरी पुरुषतर्फ नेपाल आर्मीको त्रिभुवन आर्मी क्लव र विदेशी क्लव सेन्ट जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंका तथा अन्तिम खेल नेपाल पुलिस र एपिएफ क्लवका विच हुनेछ ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…