२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खेलकुद

टाइगरकप भलिबलको पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफले जित्यो उपाधि

पोखरा । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को पुरुषतर्फको उपाधि घरेलु टोली गण्डकी प्रदेशले जितेको छ ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा सम्पन्न रोमाञ्चपूणर् फाइनलमा विभागिय टोली शसस्त्र प्रहरीको एपिएफ क्लवलाई ३-२ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हो ।

घरेलु दर्शकको साथ पाएको गण्डकीले पहिलो सेट २५-१६ ले एपिएफलाई सुम्पिए पनि पछिल्ला दोश्रो र तेश्रो सेट क्रमशः २५-१८ र २५-१९ ले जित्यो । तर चौथो सेटमा गण्डकीले आफूले पाएको अग्रता जोगाउन नसक्दा २८-२६ ले एपिएफलाई बुझायो । तर अन्तिम सेटमा भने गण्डकीले एपिएफलाई खेलमा फर्किने कुनै मौका नै दिएन । सुरुवातबाटै अग्रता लिएको गण्डकीले पाँचौ सेट १५-८ ले जित्दै उपाधि हात पार्‍यो । यो संगै गण्डकीले दोश्रो पटक उपाधि उचालेको हो । दुई वर्ष अघि सम्पन्न प्रथम टाइगर कपमा उपाधि जितेको थियो ।

यता महिलातर्फको फाइनलमा साविक विजेता एपिएफले आफ्नो लयमा कायम रहँदै दोश्रो पटक लगातार टाइगरकप भलिबलको उपाधि जितेको छ । एपिएफले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लवलाई २५-२२, २०-२५, २५-८ र २५-२२ ले जित्दै उपाधि जितेको हो ।

उपाधि संगै घरेलु टोली गण्डकी र एपिएफले समान नगद रु ५-५ लाख नगद हात पारेका छन् उपविजेता रहेको पुरुषतर्फको एपिएफ र महिलातर्फ नेपाल आर्मीले समान नगद रु २ लाख ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यसै गरी आज नै भएको पुरुषतर्फको तेश्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लवले जित हासिल गरेको छ । साविक विजेता समेत रहेको नेपाल आर्मीलाई ३-१ को सेटमा पराजित गर्दै पुलिसले तेश्रो स्थान प्राप्त गरेको हो । पहिलो सेट २५-२२ ले गुमाएको पुलिसले पछिल्ला तिन सेट २५-१८, २५-२१ र २५-२० ले जित्दै नगद रु १ लाख २५ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । नेपाल आर्मी चौथो हुँदै नगद रु ६५ हजार प्राप्त गरेको छ ।

त्यस्तै महिलातर्फ होङवान्जी न्यू डायमण्ड स्पोर्टस क्लवले तेश्रो स्थान प्राप्त गर्‍यो । न्यू डायमण्डले नगद रु १ लाख २५ हजार प्राप्त गर्दा प्रतियोगितामा चौथो स्थान प्राप्त गरेको गण्डकीले नगद ६५ हजार हात पारेको छ ।

त्यसै गरी तेश्रो टाइगरकप भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा महिलातर्फ एपिएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट हुन सफल भइन् । उनीहरुले जनही नगद रु २५-२५ हजारका साथमा ट्रफी प्राप्त गरे ।

सम्पन्न प्रतियोगितामा पुरुषतर्फ वेष्ट स्पाइकरमा एपिएफका टेकराज अवस्थी, वेष्ट ब्लकरमा गण्डकीको टिममा समावेश भारतिय खेलाडी नितिन, वेष्ट सेटरमा गण्डकीका विवश आले, वेष्ट स्पाइकरमा एपिएफका विनोद चन्द र वेष्ट सर्भरमा गण्डकीका घनश्याम चौधरी घोषित भए ।

त्यस्तै महिलातर्फ वेष्ट स्पाइकरमा एपिएफकी सरस्वती चौधरी, वेष्ट ब्लकरमा आर्मीकी संगम महतो, वेष्ट सेटरमा न्यू डायमण्डकी प्रगती नाथ, वेष्ट लिविरोमा आर्मीकी सरस्वती जैशी घोषित हुँदा वेष्ट सर्भरको उपाधि भने गण्डकीकी अरुणा शाहीले प्राप्त गर्न सफल भइन् । पुरुष र महिलातर्फ उत्कृष्ट घोषित हुने खेलाडीहरुले जनही नगद १०-१० हजार बराबरको एक्स-टेप कम्पनीको जुताका साथमा ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

विजेता टिम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, गण्डकी प्रदेशका सांसदद्वय लिला बहादुर थापा, प्रकाश बराल लगायतले नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

यस अघि प्रतियोगिताको शुभारम्भ गर्दै सदस्य सचिव घिसिङले पोखरा रंगशालालाई ट्रेनिङ भेन्यूको रुपमा अघि बढाउनु पर्ने कुरालाई जोड दिएका थिए । उनले भने-“पोखरालाई अन्तर्राष्ट्रिय खेल भेन्यूको रुपमा स्थापित गर्ने की ट्रेनिङ भेन्यू ? यसमा पोखरेलीहरुको सुझावलाई राखेपले मनन गर्नेछ र त्यसरी नै अघि बढ्नेछ ।”

सो अवसरमा सदस्य सचिव घिसिङले पूर्व महिला राष्ट्रिय भलिबल खेलाडी लक्ष्मी गुरुङ र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दलाई भलिबल खेलको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेका थिए ।

टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा राखेपका सदस्य राजेश कुमार गुरुङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, संस्थाका सचिव डिवी नेपाली लगायतले आफ्ना भनाई राखेका थिए ।

कार्यक्रममा ह्यारी की परीका नायक तथा हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे), नायिका सम्राज्ञी राज्यलक्ष्मी शाह, गायक सपन कुमार राईले आफ्नो प्रस्तुती दिएका थिए ।
तस्विरः सुदर्शन रञ्जित

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…