
पोखरा । नेपाली कांग्रेस मनाङका संस्थापक नेता क्या. चन्द्रबहादुर गुरुङको निधन भएको छ । मनाङमा कांग्रेसको स्थापनाकालमा उनले संगठन विस्तारमा निकै ठूलो योगदान गरेका नासों गाउँपालिका अध्यक्ष तथा कांग्रेस नेता धनबहादुर गुरुङले बताए ।
क्या. गुरुङ लामो समय भारतीय सेनामा समेत काम गरेका थिए । नासों गाउँपालिका-१, ताल निवासी गुरुङको काठमाडौंमा निधन भएको हो । उनको आज अन्तेष्टी हुने अध्यक्ष गुरुङले बताए ।











