२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खेलकुद

पोखरा म्याराथन : भ्यालेन्टाइन डे को अवसरमा जोडीलाई दर्तामा अफर

पोखरा । भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसरमा पोखरा म्याराथनमा सहभागि हुन चाहने जोडीहरुले अफर पाउने भएका छन् ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा यहि फागुन ६ गते आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि विशेष अफरको घोषणा गरेको हो । मञ्चको शनिबार सम्पन्न सचिवालय बैठकले प्रेम दिवसको अवसरमा जोडी (कपल)लाई दर्तामा छुटको अवसर दिने निर्णय गरेको हो । भ्यालेन्टाइन डेका दिन फागुन २ गतेका दिन जोडीलाई १ हजारमा दर्ता गर्न पाउने गरी छुटको व्यवस्था गरेको मञ्चका सचिव केशव पाठकले जनाएका छन् ।

“अहिले हामीले प्रति धावक अथवा सहभागि हुन आउनेलाई रु १ हजारमा टिशर्ट दिने गरी दर्ता गरेका छौं” सचिव पाठकले भने–“विश्वभरी मनाइने भ्यालेन्टाइन डेलाई मध्यनजर गर्दै फागुन २ गतेका दिन जोडीलाई टिशर्ट दिने गरी १ हजार दर्ता गरी अफर दिने निर्णय गरेका छौं ।” यो अफर पोखरा म्याराथनमा सहभागिता गराउने संगै आकर्षण समेत बढाउनका लागि विशेष दिनका लागि गरिएको उनको भनाई थियो । यो अफर पछि कुनै पनि जोडी दर्ता गराउन आएमा पोखरा म्याराथनको लोगो अंकित टिशर्ट पाउने छन् ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथन नेपालकै जेठो म्याराथन र सर्वाधिक पुरस्कारको राशी समेत भएको म्याराथन हो । खेलाडी अन्तिम दर्ता नजिकिंदै जाँदा पोखरा म्याराथन अन्तर्गत हुने दौडमा हाल सम्म १ हजार भनदा वढीले आफ्नो नाम दर्ता गराई सकेको मञ्चले जनाएको छ । पोखरा म्याराथनकै लागि विभिन्न दश भन्दा वढि देशका धावकहरु समेत पोखरा आउने तयारी गरिरहेका छन् भने पोखरा महानगरको विभिन्न वडा र टोलहरुमा प्रचारात्मक अभियान समेत तिव्र पारिएको मञ्चले जनाएको छ ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…