
पोखरा,२ फागुन । पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिले पूर्णता पाएको छ । संघका अध्यक्ष पवनकुमार प्रजापतिबाट थप तीन जनालाई मनोनित गरेसँगै कार्यसमितिले पूर्णता पाएको हो ।
संघको विधान २०६५ (पहिलो संशोधन २०७२ ) को परिच्छेद ६ को धारा ६.१.१ (ड)ले अध्यक्षलाई साधारण सदस्यबाट चार जनालाई कार्य समितिमा मनोनित गर्ने अधिकार प्रदान गरेको छ । सोही अधिकार प्रयोग गर्दै अध्यक्ष प्रजापतिले पोखरा फ्लोरिङ एण्ड फर्निसिङ,न्यूरोडका प्रोपाइटर प्रदीपराज भण्डारी,प्रजु एण्ड सन्स तेर्सापट्टीकाका प्रोपाइटर देवेन्द्र प्रजु तथा माछापुच्छ्रे ट्रेड लिंकका प्रोपाइटर टीकाराम सुवेदीलाई कार्यसमितिमा मनोनित गरेका हुन् । अध्यक्ष प्रजापतिले यसअघि नै बगैंचा वेलनेस रिसोर्टका सौगात थापालाई कार्य समिति सदस्यमा मनोनित गरिसकेका थिए । गएको भदौ २४ र २५ गते सम्पन्न संघको ३४ औं महाधिवेशनबाट अध्यक्ष प्रजापति नेतृत्वमा आएका हुन् ।
यस्तै विधानको परिच्छेद ७ धारा ७.११ अनुसार कार्यसमितिको बैठकले आमन्त्रित सदस्यमा पोखरा औद्योगिक क्षेत्र उद्योग संघ र नेपाल युवा उद्यमी मञ्च पोखराका अध्यक्षलाई मनोनयन गरिएको महासचिव बलराम आचार्यले जानकारी दिए । उनका अनुसार संघको कार्यसमिति बैठकले बस्तुगत संघ÷संस्था समन्वय उपसमिति संयोजकको जिम्मेबारी कार्यसमिति सदस्य जीवनप्रकाश श्रेष्ठ र महिला उद्यमी उपसमिति संयोजकको जिम्मेवारी कार्यसमिति सदस्य बन्दना कार्की केसीलाई दिइएको छ ।







सम्बन्धित खवर
















