
काठमांडौं ।ग्यास सिलिण्डर बिस्फोटमा घाइते कांग्रेस नेता चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भई अस्पतालमा उपचाररत ८६ वर्षीया भण्डारीको बिहान १० बजेर ५७ मिनेटमा निधन भएको हो ।
गए राति आफनै निवास बुद्धनगरमा ग्यास सिलिण्डर बिस्फोट हुँदा हरिकला र उनका छोरा नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारी गम्भीर घाइते भएका थिए । सांसद भण्डारीको उपचार जारी छ। उनलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको छ।











