२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खेलकुद

केन्याका धावक स्टेफेनलाई पोखरा म्याराथनको उपाधि

पोखरा । पोखरा म्याराथनको उपाधि केन्याका धावक स्टेफेन कोस्गेइले दोश्रो पटक जितेका छन् । नेपाली अग्रज खेलाडीहरुको संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार (आज) सम्पन्न १७ औं संस्करणको पोखरा म्याराथन (४२.१९५ किलोमिटर)को दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पूरा गर्दै दोश्रो पटक जितेका हुन् । उपाधिसँगै स्टेफेने ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । उनले १६ औं संस्करणमा सोही दुरी २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गरेका थिए ।

केन्याका धावक जुलियस ओहोमे दोस्रो भएका छन् । उनले २ घण्टा २० मिनेट ३७ सेकेण्डमा पूरा गरेका थिए । २ घण्टा २५ मिनेट १४ सेकण्डमा पुरा गर्दै नेपाल आर्मीका होमलाल श्रेष्ठ तृतीय हुँदा केन्याकै सिमोन किप्लागतले चौथों भए । उनलाई उक्त दुरी पुरा गर्न २ घण्टा २९ मिनेट ३५ सेकेण्ड लागेको थियो । उनीहरुले पुरस्कार स्वरुप क्रमश ३ लाख, २ लाख र ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

यस्तै हाफ म्यारथन २१ (किलोमिटर)तर्फ नेपाल पुलिसकी राजपुरा पछाई प्रथम भइन् । उनले किलोमिटरको निर्धारित दुरी १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पूरा गरिन् । एपिएफकी बृन्दा थानुके श्रेष्ठ द्वितिय भइन् । उनले १ घण्टा २६ मिनेट २८ सेकेण्डमा हाफ म्याराथुन पार गरेकी हुन् । १ घण्टा ३१ मिनेट ४ सेकेण्डमा पुरा गर्दै नेपाल आर्मीकी पूर्णलक्ष्मी न्यौपाने तृतिय र नेपाल पुलिस क्लवकी रेखा विष्टले १ घण्टा ३२ मिनेट ४ सेकेण्डमा निर्धारित दुरी पार गर्दै चौथों भइन् । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय, सान्तवना भएका उनीहरुले पुरस्कार स्वरुप क्रमश एक लाख ५० हजार , एक लाख, ७५ हजार र सान्तवना पुरस्कार स्वरुप १५ हजार प्राप्त गरे ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…