
पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको लायन बर्ष २०२३/२४ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा म्याग्दीका चन्द्रकुमार केसीले मनोनयन दर्ता गराएका छन । उनिसँगै प्रथम र द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नरमा पोखराका बिनोद ढुङगाना र काठमांडौंका पार्वती खरेल पाण्डेले मनोनयन दर्ता गराएका हुन् ।
सन २००७ देखि लायन्स अभियानमा सक्रीय केसी लायन्स क्लब अफ बेनी म्याग्दीका संस्थापक अध्यक्ष हुन् । त्यस्तै, ढुङगाना लायन्स क्लब अफ पोखरा अभियानका संस्थापक अध्यक्ष हुन भने खरेल काठमांडौं परोपकारका पूर्व अध्यक्ष हुन् ।
सोमवार काठमांडौंमा आयोजित एक समारोहमा डिष्ट्रिक्टका सिनियर लिडरको उपस्थितिमा डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम जिल्ला अधिवेशन नोमीनेशन कमिटीका चेयरपर्सन एवं पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साललाई मनोनयन पत्र बुझाएर तिन जनाले आ–आफ्नो दावी प्रस्तुत गरेका छन ।
मनोनयन दाखिला कार्यक्रममा लायन्स अन्तरराष्ट्रियका आईडि ईन्ड्रोर्सि बालकृष्ण बुर्लाकोटी, लायन्सका एलसिआईएफ एरिया लिड़र राजन लम्साल, डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, लायन्स मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालका निवर्तमान मल्टीपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका लगाएत डिष्ट्रिक्टका सिनियर लिडरहरूको उपस्थिति रहेको थियो ।
गतबर्ष लायन्स अन्तर्राष्ट्रियद्वारा नेपालमा कायम रहेका ४ वटा डिष्ट्रिक्टलाई १५ वटा डिष्ट्रिक्टमा रिडिष्ट्रिक्टीङ गरेको थियो । डिष्ट्रिक्ट ३२५ बि१ नेपालमा मात्र लायन बर्ष २०२२/२३ देखी ५ वटा डिष्ट्रिक्ट भएका थिए ।
लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको फागुन २७ गते पोखरामा प्रथम जिल्ला अधिवेशन हुदैछ । सो अधिवेशनबाट डिष्ट्रिक्टको आधिकारिक नेतृत्व चयन हुनेछ । आउँदो बर्षका लागि डिष्ट्रिक्टले डिष्ट्रिक्ट गभर्नर, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर र द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर पाउनेछ ।
डिष्ट्रिक्ट ३२५ (I) आइ नेपालमा काठमाडौं सहितका १२ जना जिल्ला करिव १५५ क्लब र करिव ४ हजार सदस्य आवद्व रहेका छन । सम्भवतः रि–डिष्ट्रिक्ट पछि नेपालमा कायम रहेका १५ वटा डिष्ट्रिक्ट मध्ये डिष्ट्रिक्ट ३२५ आई(I) क्लब र सदस्यका हिसाबले ठुलो डिष्ट्रिक्ट रहेको पाईन्छ ।
केसी विगत १६ बर्ष देखी निरन्तर लायनवादमा सक्रिय रहि डिष्ट्रिक्टको महत्वपूर्ण पदमा सेवा, सक्रियता र योगदानका हिसाबले एउटा छुट्टै पहिचान र अस्तित्व बनाएका व्यक्ति हुन । कुनै पनि कार्यसम्पादनमा उनमा रहेको योजनाबद्वता, स्पष्टवादिता, पारदर्शिता, लगनशीलता, विषयगतको ज्ञान एवं क्षमता र दृढ़संकल्पले डिष्ट्रिक्टलाई आशातित ऊँचाईमा पुर्रयाउन सक्ने क्षमता उनमा छ ।







सम्बन्धित खवर
















