
पोखरा भ्यूज
१० फागुन, कैलाली । चरेश ओसारपसारमा संलग्न रहेको अभियोगमा कैलालीको धनगढीबाट तीन जना पक्राउ गरेका छन् । उनीहरुलाई ९ किलोग्राम चरेशसहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु भारततर्फ प्रस्थान गर्ने तयारीमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ पर्नेमा रोल्पा जिल्लाको थवाङ्ग गाँउपालिका–५ बस्ने ४४ वर्षीय कुमार पुन, दाङ जिल्लाको लालमोटिया गाँउपालिका–१ बस्ने ३९ वर्षीया पुनम पुन र ४१ वर्षीया दिलमाया पुन रहेका छन् ।
धनगढी उपमहानगरपालिका १४ एचगाँउ स्याउले घाटस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल बीओपी फुलवारीले उनीहरुलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनगढीमा बुझाएको छ ।











