२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
विदेश

उत्तरी कोरियामा खाद्य संकट, क्रान्तिकारी परिवर्तन गर्न किमको निर्देशन

तस्बिर : केसीएनए

एजेन्सी
१६ फागुन, उत्तर कोरिया । उत्तर कोरियामा खाद्य संकट भएपछि नेता किम जोङ उनले कृषि उत्पादनमा क्रान्तिकारी परिवर्तन गर्न निर्देशन दिएका छन् । उत्तर कोरियाले खाद्य संकटको सामना गरिरहेको समाचार सार्वजनिक भएका बेला नेता किमले अधिकारीहरूलाई कृषि उत्पादन बढाउन निर्देशन दिएका हुन् ।

कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार वर्कर्स पार्टी अफ कोरियाको बैठकमा किमले कृषिमा ुस्थिर र दिगो उत्पादन गर्न निर्देशन दिएका हुन् । नेतृत्वमा इच्छाशक्ति भने केही पनि असम्भव नभएको उल्लेख गर्दै किमले पार्टी एकताबद्ध भएर कृषि उत्पादनमा परिवर्तन ल्याउन सकिने बताएका हुन् ।

दक्षिण कोरियाली एकता मन्त्रालयले छिमेकी मुलुक उत्तर कोरियाले गम्भीर खाद्य संकट निम्तिने बताएपछि किमको भनाइ आएको हो । मन्त्रालयले उत्तर कोरियामा भोकमरीले केही व्यक्तिको मृत्यु भएको रिपोर्टसमेत प्रकाशित गरेको थियो । गत महिना अमेरिकाबाट सञ्चालित ‘थिंकट्यांक’ समूह ३८ नर्थले २०२१-२२ को उत्पादनले उत्तर कोरियामा आधारभूत मानवीय आवश्यकता पूरा गर्न पनि नसकेको र मुलुक भोकमरीको गम्भीर संकट आएको बताएको थियो। उक्त समूहले उत्तर कोरियाली जनताको जीवनस्तर खस्किएको र खाद्य असुरक्षाले जटिल मानवीय संकट निम्तिएको बताएको थियो ।

उत्तर कोरियाले पटकपटक खाद्य संकटको सामना गर्दै आएको छ । सन् १९९० को दशकको खाद्य संकटले उत्तर कोरियामा २ लाख ४० हजारदेखि ३५ लाखसम्म व्यक्तिको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको थियो । अहिलेको खाद्य संकट भने उत्पादनमा कमी र मौसममा खराबी आएकाले निम्तिएको बताइएको छ । त्यस्तै कोरोना महामारीका कारण गरिएको लकडाउन र चीनसँगको घट्दो व्यापारले पनि खाद्य संकट निम्तिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गत हप्ता उत्तर कोरियाको सरकारी अखबार रोदोङ सिनमुनले मुलुक आत्मनिर्भरको बाटोमा जानुपर्ने बताएको थियो ।

Read more

हङकङमा हुने १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र

पोखरा भ्यूज । विश्वभरका लायन्स तथा लियो सदस्यहरूको सहभागितामा आयोजना हुने १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलन सन् २०२६ जुलाई ३ देखि ७ तारिखसम्म चीनको हंगकंगमा आयोजना हुने भएको छ।…

“लायन्स अन्तर्राष्ट्रिय पिस एसे”को ग्राण्ड प्राइज ब्राजिली दृष्टिविहीन किशोरी एड्रियेन मिरेली दा सिल्भालाई

पोखरा भ्यूज। “शान्ति आँखाबाट होइन, पूर्वाग्रहविहीन मनबाट सुरु हुन्छ।” यही गहिरो मानवीय सन्देशमार्फत १३ वर्षीया ब्राजिली छात्रा एड्रियेन मिरेली दा सिल्भाले २०२५–२०२६ को “लायन्स अन्तर्राष्ट्रिय पिस एसे” प्रतियोगिताको…

इरान–अमेरिका–इजरायल द्वन्द्व चर्किँदै, खामेनीको मृत्युबारे परस्पर विरोधी दाबी

काठमाडौँ। मध्यपूर्वमा असाधारण र विस्फोटक परिस्थिति उत्पन्न गर्दै संयुक्त राज्य अमेरिका र इजरायल ले शनिबार इरान विरुद्ध संयुक्त सैन्य आक्रमण सुरु गरेपछि क्षेत्रीय तनाव चरम बिन्दुमा पुगेको छ।…

राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार प्रस्थान

काठमाडौं, कात्तिक १८।राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ। उहाँ कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा दोहामा…

नेपालमा स्थिरता आए युएईको भिसा सहज बन्नेछ: राजदूत तेजबहादुर क्षेत्री

क्षितिज विक्रम खनाल, अबुधाबी (युएई) । संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले हाल युएईमा नेपाली नागरिकका लागि कडाइ गरिएको भिसा नीतिको कारण नेपालमा उत्पन्न राजनीतिक अस्थिरता…

हिमालय एअरलाइन्स्‌ले पोखरालाई ल्हासासँग जोड्न हप्तामा एक उडान गर्दै

काठमाडौँ, नेपाल–हिमालय एअरलाइन्स्‌ले नेपालको पर्यटकीय राजधानी पोखरा र विश्व प्रसिद्ध ‘रुफ अफ द वर्ल्ड’ ल्हासाबीच आफ्नो नयाँ साप्ताहिक उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ…