
पोखरा, १७ फागुन । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालको पोखरामा हुन गैरहेको प्रथम राष्ट्रिय महाधिबेशनको तयारीलाई तिब्रता पारिएको छ । आगामी फागुन २७ गते पोखरा सभागृहमा हुने महाधिबेशनमा डिष्ट्रिक्ट अन्र्तगतका करीव १ हजार ५ सय लायन्स सदस्यहरुको सहभागिता रहने अनुमान गरिएको छ ।
महाधिवेशन मुल आयोजक समितिका संयोजक ऋषि गिरीले दिएको जानकारी अनुसार महाधिबेशनमा सहभागिता जनाउनको लागि मंगलवार सम्ममा करीव ६ सय ५० जनाले प्री रजिष्ट्रेशन गराई सकेका छन, जस मध्ये बाग्मति क्षेत्रबाट करीव २ सय ५० र गण्डकी र धवलागिरीबाट करिव ४ सयजना जति रहेका छन ।
महाधिबेशन सम्पन्न गर्नका लागि डिष्ट्रिक्ट ३२५ आई नेपालले विभिन्न २० वटा र आयोजक क्लबद्वारा गठित बिभिन्न २६ वटा उप–समितिहरुले आ–आफना जिम्मेवारी अनुसारको कामलाई तिब्र रुपमा अगाडि बढाएका छन ।अधिबेशन नजिकदै गर्दा बिभिन्न समिति र उप–समितिले आफना जिम्मेवारी अनुसारको कार्य अगाडि बढाउने क्रममा मंगलवार मात्रै मूल आयोजक समिति र स्टेरिङ कमिटीको बैठक सम्पन्न भएको छ । बैठकले महाधिबेशनसँग सम्बन्धित बिभिन्न समिति र उप–समितिहरुसँग समन्वय गरी समितिहरुले गरेका गतिबिधिहरुलाई प्रभावकारी रूपमा कार्यान्वयन ल्याउने बिषयमा जोड दिएको छ ।
यसै गरी सचिवालय व्यवस्थापन, स्मारिका प्रकाशन, रजिस्ट्रेसन कमिटी, अर्थ संकलन, भोजन ब्यवस्थापन, परेड ब्यवस्थापन, हल ब्यवस्थापन, ब्यानर ब्यवस्थापन, स्वास्थ्य ब्यवस्थापन, होटल ब्यवस्थापन, झाँकी ब्यवस्थापन, सुचना तथा प्रविधि, मुल्याङकन, यातायात ब्यवस्थापन, खानेपानि ब्यवस्थापन, बिज्ञापन संकलन, लेख रचना तथा शुभकामना संकलन, स्टल ब्यावस्थापन, किट ब्याग व्यवस्थापन, सांस्कृतिक तथा मनोरंजन लगाएतका करीव २५ वटा बिभिन्न उप–समितिको पहिलो चरणको बैठक बसी सकेको मुल आयोजक समितिका संयोजक ऋषि गिरीले जानकारी गराएका छन ।
यस महाधिबेशनलाई पोखराको प्रवद्र्धन गर्ने माध्यमको रुपमा पनि लायन्सले उपयोग गर्ने मुलआयोजक समितिका सह–संयोजक रेवती भण्डारीले जानकारी दिए ।
महाधिवेशन तयारीका लागि लायन्स क्लब अफ पोखरा डल्फिनले मुख्य जिम्मेवारी लिएको छ भने सहयोगीमा पोखरा स्थित सम्पूर्ण क्लबहरू रहेका छन्।
पोखरामा हुने लायन्स महाधिवेशन पोखरा र गण्डकी प्रदेश कै गौरवसँग जोडिएकाले यसलाई सफलतापूर्वक सम्पन्न गर्नु पोखरावासीको दायित्व भएकाले यस महाधिबेशनलाई ऐतिहासीक रुपमा सफल बनाउन बिभिन्न समिति र उप समितिहरुले आ आफना बैठकहरुमा निर्णय गराएको डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी हरिराज पन्तले बताए ।












